बिराटनगर, असार १२ गते । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्दाका फरार प्रतिवादी ५ जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरिएकाे छ ।
सम्मानित जिल्ला अदालत झापा र मोरङको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकि हाल सम्म फरार रही लुकि छिपि बसेका दमक नगरपालिका- ७ झापाका ३९ बर्षीय तेजु भन्ने तेज वहादुर मगर, मिक्लाजुङ गाउँपालिका-३ मोरङका ४० बर्षीय सुमनसंभी लिम्बु, सोही स्थानका २६ बर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका-२ लालभित्ती मोरङका २१ बर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका-५ मोरङका सुन्नर सरदार पक्राउ परेका हुन् ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७६ जेठ ५ गतेको फैसलाले ६ वर्ष कैद र १० हजार जरिवाना तोकिएका मगरलाई दमक-६ स्थितबाट पक्राउ गरेको थियाे ।
त्यसैगरी सम्मानित जिल्ला अदालत मोरङको २०७८ श्राव १ र २ गतेको फैसलाले विना इजाजत राष्ट्रिय वन क्षेत्रमा प्रवेश मुद्दा र हातहतियार खरखजाना मुद्दामा १० महिना २९ दिन कैद र ३० हजार जरिवाना तोकिएका सुमनसंभी लिम्बु र जबरजस्ती करणी मुद्दामा २ महिना १० दिन कैद, ५ हजार जरिवाना तोकिएका रमेश घिमिरेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियाे ।
चोरी मुद्दामा ५ महिना १६ दिन कैद र ५ हजार जरिवाना तोकिएका अर्जुन झागडलाई इलाका प्रहरी कार्यालय बेलबारीले र नकवजनी चोरीमुद्दामा ७ महिना ५ दिन कैद, १० हजार रुपैया जरीवाना तोकीएका सुन्नर सरदारलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनिहरुलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाईएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]