विराटनगर, असार १२ गते । झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेहरूमा माई नगरपालिका-८ ईलामका २५ बर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका -३ का ४३ बर्षीय बेनु प्रसाद चिमरिया र कन्काई-४ का ३२ बर्षीय हेम नारायण चौधरी रहेका छन ।
लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेका उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८ हजार ५ सय, मोवाइल २ थान, र ३ थान मोटरसाईकल बरामद गरेको छ ।
त्यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका-१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका-९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो ।
त्यसरी लागुऔषध सहित पक्राउ परेका ५ जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]