विराटनगर, असार ७ गते । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि निर्माण गरीने नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, स्वास्थ्य लगायत ११ बटा योजनाहरु समावेश गर्न महानगरका प्रमुख तथा उप प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेकपा (एमाले) महानगर कमिटी विराटनगरका सह सचिव एवं मजदुर नगर प्रमखु जय प्रकाश सहितको टोलीले महानगरका प्रमुख नागेश कोईराला र उप प्रमुख शिल्पा निराला कार्कीलाई योजनाका माग सहित ज्ञापन पत्र बुझाएको हो ।
उक्त ज्ञापनपत्रमा १) भौतिकपुर्वाधारहरुमा वडा नं ४, १२, १४, १६, १७ मा असमसान घाट (आर्यघाट) निर्माणको लागि बजेट बिनियोन गर्न, कच्ची बाटोहरुलाई पहिला ग्राभेलगर्दै कल्र्भट निर्माण गर्न, अधुरा कार्यहरुलाई प्राथमिकताका साथ चाडो सम्पन्न गर्न,, रिंगरोडलाई उच्च प्राथमिकतामा राख्न, कलेजबाटो वडा नं. १२ (महेन्द्र मोरंग क्याम्पसको दक्षिण जाने बिराटनगरको सबै भन्दा पुरानो बाटो) तत्कालनिर्माण गर्न बजेट बिनियोजन गर्नु पर्ने, सबै जातजातिहरुको भाषा, संस्कृति, भेषभुषा, रहन–सहन आदी सहितको बिराट संग्राहलय बनाउन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न बजेट माग गरिएको छ ।
त्यसैगरी २) लैङिगक हिंसा तर्फ सामाजिक भेदभाव, घरेलुहिंसा, लैङिग हिंसा आदिलाई हटाउन वडागत रुपमा धर्मशास्त्रको आधारमा जनचेतना मूलक कार्यक्रम गर्न, ३) शिक्षा तर्फ प्रत्येक वडामा एउटा स्कुल अंग्रेजी माध्यममा संचालन गर्न, सरकारी समुदायिक स्कुलमा १२ कक्षा पढने छात्रा विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन स्वरुप निःशुल्क पढाउनु पर्न, बाल माध्यमिक विद्यालय जतुवा वडा न. १४, जनविकास माध्यमिक विद्यालय वडा नं १५ र मिल्स माध्यमिक विद्यालय .वडा १६ मा भौतिक पुर्वाधार अहिले कायम रहेको र बिस्तारै केहीथप गर्दै जाँदा पनि नमुना प्राबिधिक कक्षा संचालन गर्न, बिराटनगर भित्र सरकारी स्कुलका शिक्षकहरुलाई केहि थपदिएर पनि कक्षा संचालन गर्न, रघुपति आधारभुत स्कुल वडा न १७ मा धेरै बिद्यार्थीहरु भएकोले कक्षाकोठा थप गर्न बजेट विनियोजन गर्न, प्रत्येक स्कुलमा राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न वडा अध्यक्ष राष्ट्रिय खेल बाट खो खो खेलको शुरुवात गर्न, वडा नं १८ मा एउटा पनि माध्यमिक विद्यालय नभएकोले प्राथमिकताको आधारमा एउटा स्कुललाई स्तर उन्नति गर्न, स्थानियभाषा, संस्कृति, रहनसहन र सामाजिक क्षेत्रका महत्वपुर्ण बिषय बस्तुहरु बर्तमान समाजलाई पनि जानकारी हुनु पर्ने भएकाले तिबिषय बस्तुहरु समाबेश गरी पाठ्य पुस्तक तयार गरी कक्षा १ देखी ८ सम्म सबै स्मुलमा लागु समेतको योजना तर्जुमा गर्न माग गरको छ ।
ज्ञापनपत्रमा ४ स्वास्थ्य तर्फ मजदुर नगरको सबै वडा १३, १४, १५, १६, १७ मा प्रदेश सरकारले दिएको १ वेडको बथिंग सेन्टर संचालन गर्न, कम्तिमा वर्षमा एक पटक वार्ड स्तरिय विशेषज्ञ डाक्टरहरु द्वारा स्वास्थ्य शिविर संचालन गर्न, रानी स्वास्थ्य चौकीलाई १५ वेडको रानीमजदुर अस्पतालको रुपमा तत्काल स्तर उन्नति गरेर संचालन गर्न बजेट छुट्याउन माग गरको छ ।
त्यसैगरी ५ नं. पर्यटन क्षेत्र तर्फ बिराट दरवार, मण्ठा पोखरी, रानीमाई पोखरीलाई, श्री काली दुर्गामन्दिर बिराटनगर १२ व्यवस्थीत गर्दै संरक्षण गर्न, मठ मन्दिर र एलानी जग्गालाई संरक्षण गरी पर्यटक स्थलको रुपमा कार्य योजना बनाई बिकास निर्माणको कार्य गर्न, ६ नं. तालिम तर्फ बिभिन्न किसिमको सिपमुलक कार्यक्रमको संचालन संघसंस्थाबाट गर्न, लोकसेवा तयारी कक्षा हरेक वडामा संचालन गर्नु पर्न, ७) जेष्ठ नागरिक तर्फ हरेक वडामा जेष्ठ नागरिक चौतारी निर्माण गर्न, ८) आर्थिक विकास तर्फ बिभिन्न उधोग र वार्ड भित्रका सरकारी तथा निजी निकायहरु एक घर एक रोजगार को निति ल्याउन, बिभिन्न वडा भित्र रहेका उधोग र सरकारी तथा निजी निकायहरुमा कर्मचारीहरु नियुक्तगर्दा वडावासीलाई प्राथमिकता दिनको लागिविशेष पहल गर्ने, साना उधोगहरु स्थापना गरी रोजगारको सिर्जना गर्नु पर्ने माग अघि सारको छ ।
त्यसैगरी ९) कृषि तर्फ कृषि योग्य जमिनमा नियमित सिचाईका लागी बोरिङगको व्यवस्था गराउनु पर्ने, कृषि तथा पशु बिमा प्रभावकारी रुपमा संचालन गर्नको लागि कृषि बिमा योजना कार्यक्रम संचालन गर्नु पर्ने, बिउ विजन र मलखाद सर्ब सुलभ दिनको लागि नयाँ तरिका अपनाउनु पर्ने, १०) खेलकुद तर्फ अन्तर वडा अध्यक्ष खेलकुद प्रतियोगिता संचालन गर्नु पर्ने, ११) यातायात ः सुखा बन्दरगाहबाट निस्कने मालबाहक गाडीहरु बाइपास बाटोबाट निकाल्न वाईपास रोड संचालन गर्नु पर्ने माग सहितका ज्ञापनपत्र बुझाएको छ ।
उक्त ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख तथा उपप्रमुखले भने माग गरिएको योजनाहरु एकदमै सान्दभिक भएकोले यसको लाग पहल गर्ने वताएका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]