विराटनगर, असार ७ गते । ४१ औं स्मृति दिवसको अवसरमा महामना रघुनाथ ठाकुर ‘मधेशी’ को जीवनीमा आधारीत स्मृति पुस्तक प्रकाशन गर्ने मधेशका राजनीतिक, सामाजक, बौद्धिक लगायतको अगुवाहरुले अठोठ गरेका छन् ।
विराटनगरको नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा मिथला टाईम्स (मैथली मासिक) पत्रिकाको सम्पादक एवं राजनीतिक कर्मी रामरिझन यादवले आयोजना गरको महामना रघुनाथ ठाकुरको ४१ औं स्मृति दिवसको अवसरमा श्रद्धान्जली सभामा उपस्थित रहेका वक्ताहरुले सो अठोट गरेका हुन् ।
श्रद्धान्जली सभाका प्रमुख अतिथी पूर्व सदभावना पार्टीकी अध्यक्ष राजनीति कर्मी सरीता गिरीले ठाकुरको फोटोमा माल्यार्पण गर्दै मधेशी जनताको अधिकारका लागि राजनितीक दल र विभिन्न कालखण्डमा मधेशीको अवाज उठाउने व्यक्तिहरुका बारेमा चर्चा गर्दै त्यस्ता महान व्यक्तिहरुलाई राज्यवाटै सम्मान पाउनु पर्ने तर मधेशी भएकै कारण सो सम्मान नभएको भन्दै मधेशी माथि अहिले पनि राज्यले विभेद गरी रहेको वताए । गोप्य मतदानलाई नै सदुपयोग गर्दै सरकार वनाउने गरी निर्वाचनमा मधेशी दलले मत ल्याउनु पन वहांको तर्क थियो । रघुनाथ ठाकुरको जीवनीमा आधारी स्मृति पुस्तक प्रकाशन गर्न लगिएकोमा खुशी व्यक्त गर्दै ठाकुरको जीवनीका वारेमा केही लेखर सहयोग गर्ने वताए ।
ठाकुरको जीवनीमा आधारीत स्मृति पुस्तक र ठाकुरले लेखेको विभिन्न पुस्तकहरुको पुनः प्रकाशन गरी ४२ स्मृति दिवस मनाउने भएको छ । उक्त पुस्तक प्रकाशनको लागि सल्लाहकार सम्पादक रामरिझन यादव र कार्यकारी सम्पादकको जिम्मेवारी शिवनारायण पंडित(सिगंल) ले लिएका छन् ।


नेपालमा संघियता २०६३ सलाको मधेश जनविद्रोले औपचारीक रुपमा प्रवेश पाए पनि संघियताको माग गरेको ६५ वर्षभन्दा बढी भइसकेको छ । ००७ सालमा राणाशासनको अन्त्यसँगै नेपालको तराईलाई संघीय प्रान्तमा लानुपर्ने आवाज उठेको थियो ।
०४६ को परिर्वतनमा सद्भावना पार्टी स्थापना भएपछि यो मुद्दा अझ परिस्कृत भयो । ०६३ मा आइपुग्दा मधेसी जनअधिकार फोरम नेपालको उदय भयो, जसको आन्दोलनले संघीयतालाई स्थापित ग¥यो ।
तराई कांग्रेसको स्थापनासँगै विद्यार्थीहरूको एउटा जमात पनि मधेसमा छुट्टै अभियानका साथ अघि बढेको देखिन्छ। मधेसी विद्यार्थीहरूलाई नेपाल सरकारको तर्फबाट प्रदान गरिने छात्रवृत्तिहरूमा समान अवसर दिनुपर्ने भन्दै विद्यार्थी नेता रघुनाथ ठाकुरले काठमाडौं आएर राजदरबारअगाडि धर्नासमेत दिएका थिए । पछि तिनै ठाकुरले मधेस जनक्रान्तिकारी दल र मधेस मुक्ति मोर्चा नामका अभियानहरू सञ्चालन गरेका थिए ।

ठाकुरले ०१३ सालमा ‘परतन्त्र मधेस और उसकी संस्कृति’ नामक किताब लेखेर मधेसको समस्यालाई दस्ताबेजीकरण गरेका थिए । उक्त किताब अहिलेसम्म पनि मधेसको राजनीतिक वृत्त र बहसमा लोकप्रिय देखिन्छ । ठाकुरको अभियानमै सरिक कपिलवस्तुका रघुनाथ जी राय, रामजी मि श्र, सत्यमणि त्रिपाठी लगायतको एउटा समूह ०१७ मा प्रजातन्त्रको अपहरणपछि भूमिगत हुन पुग्यो । ठाकुरसँगै उनीहरू सबैलाई प्रहरीले ०३८ सालमा हत्या गरे । ठाकुरले हतियार नउठाए पनि पञ्चायतकालमा भूमिगत रूपमा मधेस अभियान सञ्चालन गरेका थिए । ठाकुर हाल सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका वासीन्दा थिए ।
४१ स्मृति सभा ठाकुरको बुहारी सुधा ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]