विराटनगर, जेठ २९ गते । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको विराटनगर महानगर कमिटी गठन भएको छ ।
नेकपा (एमाले) पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्य कमेटी विराटनगर महानगर अधिवेशन आयोजक कमिटी गठन भएको हो ।
सो कमिटीको उपाध्यक्षमा सुरज रसाइली, सचिवमा चन्दा रविदास, सह–सचिवमा मन्टुकुमार दास र कोषाध्यक्षमा खुश्बु विश्वकर्मा चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले वताए ।
भेलाले विराटनगरका १९ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरुमा कोपिला बि.क., ज्योती गजमेर, पंकज रजक, आयुषा सुन्दास, उषादेवी मेहतर, कुमारी परियार, आशा पासवान, सरस्वती रसाईली, उत्तश पासवान, रोहित पासवान, सत्यनारायण पासवान, पबित्रा बि.क. तुलषा बि.क., गोमा खाती, राजकुमार बि.क., दुर्गा पासवान, सुनीता मोची, सरिता पासवान, विपना पासवान, ज्योती मरिक, अमन बि.क.लाई चयन गरेको छ ।
सदस्यहरुमा कल्पना मरिक, मञ्जु मरिक, देवी घतानी, जानकीदेवी खंग, रञ्जीता पासवान, कामेश्वर राम, सुमनदेवी राम, पुनमदेवी राम, भिखारी खत्वे, संगीतादेवी खत्वे, राम सुन्दरीदेवी राम लगायत चयन भएका छन् ।


भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रियसभाका पूर्वा सांसद, मुक्ति समाजका महासचिव खेम नेपालीले शपथग्रहण गराएका थिए ।
भेलालाई सम्बोधन गर्दै नेता नेपालीले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवालहरुलाई राजनीतिक रुपमा उठाउँदै आएको बताए ।
२०४५ सालमा दलित समुदायलाई राजनीतिक रुपमा नेकपा (एमाले) ले संगठित गरेर दलित समुदायका सवालहरुलाई राजनीतिकरुपमा शसक्त ढंगले उठाउदै आएको वहाँको भनाई थियो ।
विषेश अतिथी नेकपा (एमाले) का केन्द्रीय सदस्य रामलाल साहले सिंगो दलित समुदायको अधिकारका लागि सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताउँदै ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।
नेकपा (एमाले) मोरङका सचिव रुपेश खतिवडाले मुलुकमा सवै प्रकारका विभेद अन्त्य गर्नुपर्ने भन्दै मुक्ति समाजले आम दलित समुदायलाई संगठित गर्दै अधिकारका लागि खबरदारी गर्दै आएको र त्यसमा पार्टीको साथ रहेको बताए ।
एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य तथा मुक्ति समाजका केन्द्रीय सदस्य जितनारायण सरदार, केन्द्रीय सदस्य भद्रमान विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य जिवन घतानी, प्रदेश कमिटी सदस्य रिंकु परियार, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइराला लगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]