विराटनगर, जेठ १९ गते । झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीमा संग्लग्न रहेकाे आराेपमा ८ जनालाई प्रहरीले पक्राउ गरेका छन ।
केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलास प्रहरीले गर्न थालेकाे थियाे ।
चोरी भएका १२ थान मोटरसाईकल सहित टिकुली नगरपालिका-५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका-५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका-५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका-३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठलाई पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।
पक्राउ परेको यो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका-८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा – १० को अर्को मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न स्थानवाट मोटरसाईकल चोरी गरेका थिए ।
यसरी चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेको यो समुहको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]