विराटनगर, जेठ १७ गते । तारा एयरकाे ९ एनएइटी ट्वीनअटर जहाज दुर्घटनामा परी ज्यान गुमाएकाे आत्माको चिर शान्तिकाे कामना गर्दै बृहत् मधेशी नागरिक समाज केन्द्रीय समितिले दिप प्रज्वलन शाेक सभा गरेका छन ।
समाजले विराटनगरकाे राेडशेष चाैकमा विद्यार्थी, कर्मचारी, शिक्षक, राजनीतिक दलका नेता, पत्रकार र स्थानीयकाे जनसहभागितामा दुर्घटनामा मृत्युु भएकाे २२ जनाकाे आत्माको शान्तिका लागि श्रद्धाञ्जली समेत अर्पण गरेकाे थियो । उक्त शाेक सभा समाजकाे अध्यक्ष सुर्यनाथ प्रसाद सिंहकाे अगुवाइमा भएकाे थियो
जेठ १५ गते आइतबार पोखराबाट बिहान ९:५५ बजे उडेको २२ जना सवार तारा एयरको ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो ।
प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल पत्ता लागेको थियो । दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]