विराटनगर, जेष्ठ ११ गते । घर गृहस्थी, चुल्हाचौका, साना किराना पसलको व्यवसाय गर्दै आएकी दुई सन्तानकी आमा सीता देवी राजवंशी कटहरी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनी महिला माथि हुने विभेद र हिन्साको अन्त गर्ने वताएकी छिन् ।
२०३१ सालमा मोरंगको तत्कालिन ववियाविर्ता गाउँ विकास समितिको वविया टोलमा जन्मिएकी सिता देवी राजवंशीको १४ वर्षकै उमेरमा हालको कटहरी गाउँपालिका वडा नं. ३ विसनपुर टोलको रामनारायण राजवंशीसंग विवाह वन्धनमा बाधिएकी थिईन ।
श्रीमान पहिले देखि नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सक्रिय रहेको थियो । मलाई चाहि २०७४ सालमा पार्टीमा प्रवेश गरेको थियो । त्यही वेला देखि म पनि सक्रिय रुपमा राजनितिमा लागेको वताउँदै भने महिला भएर राजनीतिमा लागेपनि घर गृहस्थी, चुल्हाचौका र घर परिवार संचालको लागि साना किराना पसलको व्यवसायी समेत चलाउँदै आएको वताइन ।
तपाईको श्रीमान् नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कटहरी गाउँपालिका अध्यक्ष भएकै कारण तपाईले टिकट पाउनु भयो भन्ने प्रश्नको जवाफमा वहाँले भने मात्रै श्रीमानले गर्दा मैले टिकट पाएको होईन, कटहरी गाउँपालिकाको नेतृत्वमा रहेको सिगो पार्टीले टिकट दिने सिफारीस गरेको थियो ।
भाग्यवश मैले टिकट पाए र उम्मेदवारी दिए, बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा विजय भएको छु । यो जित भनेको सम्पुर्ण गाउँपालिकाको जीत हो, आधा आकाश ढाक्ने महिलाहरुको जीत हो, सम्पूण पार्टी पंक्तिको जीत हो । अव म सम्पूण कटहरी गाउँपालिका वासीको उपाध्यक्ष भएकोले कसैमाथि कुनै पुर्वाग्रह, कुनै विभेद नराखी जनताको सेवामा लाग्ने वताए ।
गाउँ टोलमा सेवा गर्दा गर्दै सम्पूर्ण कटहरी गाउँपालिका वासीलाई सेवा गर्ने मौका पाएको छु र म जनताको सेवा गर्छु भन्दै के के सेवा गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा सभवन्दा पहिले महिला माथि हुने विभेद र हिन्साको अन्त गर्न प्रयास गर्ने छु, दोस्रो छोरीको शिक्षामा जोड दिने छु, जनचेतना मुलक कार्यक्रम संचालन र कानुनी शिक्षा प्रदानको लागि तालिमहरु संचालन गर्ने मेरो प्राथमिकतामा रहने वताए ।
एक फरक प्रंसगमा भने गोप्य कुराकानी गर्ने कोठा भत्काउने कुरा राम्रै हो । अन्य केही कुराहरु अध्यक्षले सपथ ग्रहन भन्दा पहिले वोलेकोले त्यो वहाँको व्यक्तिगत विचार होला तर हामी फरक–फरक पार्टीका अध्यक्ष उपाध्यक्ष भएपनि दुबै जना जनताको सेवा गर्न आएका छौ । एक आपसमा सरसल्लाह गरेर गाउँपालिकाको विकास र समृद्धिमा लाग्ने वहाँको भनाई थियो ।
कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी विजय भएको छ भने वडा नं. १, २, ५, ६ र ७ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारले विजय प्राप्त गरका छन् भने वडा नं. ३ नेपाली काँग्रेस र वडा नं. ४ जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्षहरु विजय भएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]