हिरालाल साह
बिराटनगर, जेष्ठ ९ गते । बिराटनगर महानगरपालिका सहित १७ वटै स्थानीय तहका निर्वाचनमा निर्वाचित मेयर, अध्यक्ष, सदस्य लगायतका पदाधिकारीले सपथ लिएका छन् । बिराटनगर महानगरपालिकाको सभाहलमा एक कार्यक्रम को आयोजना गरि सपथ ग्रहण गरेको हो ।
उक्त कार्यक्रममा मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत भरत लम्सालले १७ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरूलाई सपथ ग्रहण गराएका छन् ।
शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजैदेखि जिम्मेवारी सम्हाल्ने छन् ।
त्यसैगरी बिराटनगर महानगर प्रमुख नवनिर्वाचित मेयर नागेश कोइरालाले उपमेयर शिल्पा कार्की लगायत १९ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाइ सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण कार्यक्रम लगतै मेयर नागेश कोइरालाले नयाँ कार्यकक्षमा पदभार ग्रहण समेत गरेका छन् । पदभार ग्रहण गर्दै मेयर कोइरालाले आफ्नो पार्टीको घोषणा पत्र अनुसार नै काम गर्ने, करको दायरा फराकिलो पारि जतिसक्दो करको दर कम गर्ने, सर्वसुलभ पहिलो प्रस्तावको रुपमा नगरसभामा प्रस्तुत गर्ने, सबै पक्ष÷बिपक्षका जन प्रतिनिधिलाई समेटेर बिराटनगरको विकासकोलागि पार्टी भन्दा माथि उठेर जनताको सेवा गर्ने कुरा पत्रकारहरु माझ आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
त्यसैगरी बिराटनगर महानगरपालिका सभाहलमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको उपस्थितिमा महानगर पालिकाको १९ वटा वडा मध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले¬¬¬) वाट बिजयी प्राप्त गरेका ९ वटा वडा अध्यक्ष, नेपाली कांग्रेसवटा विजय भएका ६ वटा वडा अध्यक्ष, जनता समाजवादी पार्टी नेपालवाट विजय भएका २ वटा वडा अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट विजय भएका १ वटा वडा अध्यक्ष र स्वतन्त्रबाट विजय भएका १ वटा वडा अध्यक्ष लगायत निर्वाचित वडा सदस्यहरु, नागरिक समाजका प्रतिनिधिहरु, निर्वाचन कार्यालयका प्रतिनिधिहरु, महानगर कार्यालयका प्रतिनिधिहरु, पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।
त्यसैगरी धनपालथान गाउँपालिकाले नवनिर्वाचित प्रतिनिधीहरुको स्वागत, शपथ तथा पदभार ग्रहण र पदावधि समाप्त भएका प्रतिनिधीहरुको विदाय कार्यक्रम सम्पन्न गरको छ ।
धनपालथान गाउँपालिका नव निर्वाचित प्रतिनिधीहरुमा अध्यक्ष जिवछ गच्छदार र उपाध्यक्ष नसिमा बानो, वडा नं. १ का अध्यक्ष खाजा हुसैन, वडा नं. २ का अध्यक्ष पंकज कुमार मण्डल, वडा नं. ३ का अध्यक्ष नागेश्वर मण्डल, वडा नं. ४ का अध्यक्ष श्रीराम चौधरी, वडा नं. ५ का वडा अध्यक्ष गयानन्द सरदार, वडा नं. ६ का वडा अध्यक्ष महमद हुसैन र वडा नं. ७ का वडा अध्यक्ष संतोष कुमार यादव लगायत सदस्यहरुले पदभार ग्रहण गरको छन् ।
त्यसैगरी २०७४ सालमा निर्वाचित भएर आएकाहरुलाई सम्मान गर्दै विदाई गरका छन् । उक्त कार्यक्रमको आयोजना धनपालथान गाउँपालिकाले गरेका थिए । उक्त कार्यक्रममा धनपालथान गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल लगायत कर्मचारीहरु र स्थानीयहरुको सहभागीता रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]