विराटनगर, श्रावण २० गते । प्रदेश नं. १ मा आज मात्रै ४३ जना कोराना संक्रमित थपिएसंगै संक्रमितको संख्या १ हजार १ सय ७१ पुगेको छ ।
प्रदेश नं. १ समाजिक विकास मन्त्रालयले जााए अनुसार आज मात्रै मोरंगमा २० जना थपिएको छ । जसमध्ये १५ जना पुरुष र ५ जाना महिला रहेको छ ।
त्यसैगरी विराटनगर महा नगरपालिका मा ८ जनामा संक्रमण देखिएको छ । जसमध्ये कोशी अस्पतालका २ स्टाफ नर्स र एक सफाइ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएको विराटनगर महा नगरपालिका वडा नं. ७ की २६ वर्षीया महिला, वडा नं. ८ की ३० वर्षीया महिला, वडा नं. ११ का ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक, वडा नं. १२ का ३३ र ३२ वर्षीय पुरुष, वडा नं. १३ का ३२ वर्षीया महिला र वडा नं. १४ का पुरुष रहेकोे छ । विराटनगर महानगर पालिकाले जनाए अनुसार विराटनगर क्षेत्रमा कोरोना संक्रमितको संख्या १ सय ५० पुगेको छ ।
त्यसैगरी मोरङको बुढिगंगामा १ महिला र ३ पुरुष, लेटाङमा २ पुरुष, उर्लाबारीमा १ पुरुष र केराबारीमा २ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । मोरङमा कोरोना संक्रमितको संख्या ३ सय ९२ पुगेको छ ।
सुनसरीको इटहरीमा ११ पुरुष र १ महिला, धरानमा ३ पुरुष, दुहबीमा ४ पुरुष र इनरुवामा १ पुरुषमा कोरोना देखिएको छ । जिल्ला अस्पताल खोटाङको आइसोलेशनबाट कोरनामुक्त भई एक पुरुष डिस्चार्ज भएकोे छ ।
त्यसैगरी झापामा ८ जना पुरूष, इलामा २ पुरूष र धनुषा स्थायी ठेगाना भएका १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको कचनकबलमा ३, भद्रपुरमा १, दमकमा २ र गौरिगञ्जमा २ जनामा संक्रमण देखिएकोे छ ।
प्रदेश नं. १ मा ९ सय ९७ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको र अहिलेसम्म ४६ हजार ७ सय ६८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जानकारी दिएको छ । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]