बेलबारी, वैशाख २१ गते । नेकपा एमाले बेलाबारीले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
वुधवार आयोजित एक समारोहबीच मेयरका उमेदवार डिवी राईले सो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै बेलबारीलाई समृद्ध नगरपालिका बनाउने दृढता व्यक्तको छ ।
राईले आफूले नगरको नेतृत्व पाएपछि बेलबारीलाई सफा, सुन्दर र हरियाली नगर बनाउने कार्ययोजना आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् । उनले आफूले कार्यान्वयन गर्ने कार्यक्रममा राईले नीति, कानून र योजना कार्यान्वयनमा जोड दिने जनाएका छन् ।
प्रतिवद्धता पत्रमा शिक्षा, जनस्वास्थ्य, सडक यातायात, ढल निकास, कृषिको विकास, वन तथा वातावरण संरक्षण, सामाजिक सुरक्षा लगायतका विषयहरूलाई प्राथमिकतामा राखिएको छ ।
पर्यटन नगरीको रुपमा बेलबारीको विकास गर्ने कुरा उल्लेखित प्रतिवद्धता पत्रमा वहुसाँस्कृतिक सङ्ग्राहलय निर्माणको कुरा पनि समेटिएको छ ।
उल्लेखित विषयहरूलाई आर्थिक, प्राविधिक र संरचनागत रुपमा अत्याधुनिक ढङ्गले सञ्चालन गरी जनतालाई उचित परिणाम दिलाउने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]