विराटनगर, बैशाख १ गते । बृहत मधेशी नागरिक समाजद्वारा नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा सदा झै सतुअ‌ाइन पर्व भव्यताकाे साथ मनाएका छन ।
समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले एक कार्यक्रमको अ‌ायाेजना गरि वर्ष चरी स्वस्थ्य रहनकालागि १२ किसिमको गेडागुडी मिसाएर बनाईएकाे सातु खान आवश्यक रहेकाेले वर्षकाे पहिलाे दिन पानीमा सातु घाेलेर पिउने प्रचलन परापुर्व देखि चल्दै अ‌ाएकाे वताए ।
सिरूवा पर्वपर्वका अवसरमा बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ । वर्षभरि दिमाग ठण्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको पालना होस् भनेर टाउकामाथि जल छम्काएर आशीर्वाद दिने गरिएको हो । सोही कारणले यस पर्वलाई ‘जुडशीतलपर्व’ पर्व पनि भन्ने गरेकाे पत्रकार श्याम सुन्दर सुतिहनरले वताए ।
उक्त सतुआइन कार्यक्रममा समाजका अगुवा रामप्रसाद साह, जय प्रकाश महताे, प्रदिप यादव, याेगेन्द्र यादव, रामभूषण मेहता लगायत दर्जनाै व्यक्तिहरूकाे सहभागिता रहेकाे थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]