विराटनगर । विराटनगर स्थित रहेको नोवेल अस्पतालमा कार्यरत डा. विजय यादवको हत्या भएको भन्दै दोषीउपर कारबाहीको माग सहित प्रदर्शन गरेका छन् ।
मृतकका आफन्त र स्थानीय बासिन्दाहरुले शनिबार दिउँसो विरोध प्रदर्शन गर्दै बजार परिक्रमा गरेका छन् ।
प्रदर्शनकारीहरुले हातमा प्लेकार्ड ‘केस मोड्न पाइदैन, दोषी छोड्न पाइदैन, पिडितलाई न्याय दे लगायतको प्लेकाड हातमा लिएर नारावाजी गर्दै प्रदर्शनमा उत्रेका थिए ।
त्यसैगरी हत्यामा संलग्नलाई कारावही गरिनुपर्ने, घटनाको अनुसन्धान गरि दोषीलाई सार्वजानिक गरिनुपर्ने माग गर्दै रोडशेष चौकदेखि निकालिएको प्रदर्शन जलजला मोडको परिक्रममा गरी बुधहाट चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
डा. विजय यादव न्याय संघर्ष समितिले शनिबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज निरौलालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
संघर्ष समितिका संयोजक हिरा यादवले घटनाको गहन अनुसन्धान गरि दोषीलाई कारवाहीको दायारमा ल्यानुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको उनको भनाई थियो ।
सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरिया घर भएका यदुनन्दन यादवका एकमात्र छोरा डा. विजय गत शनिबार शंकास्प्द अवस्थामा विराटनगर स्थित डेरामा मृत फेला परेका थिए । परिवार आफन्तले योजनाबद्ध तरिकाले उनको हत्या भएको आरोप लगाएका छन् ।
उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ । मोरङ प्रहरीले घटनाबारे अनुसन्धानको लागी ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]