हिरालाल साह
बिराटनगर, चैत्र २५ शुक्रबार । स्वास्थ्य क्षेत्रमा चाहिने अत्यावश्यक सामग्रीको खरिद प्रक्रियामा गरिने टेन्डरमा व्यवसायी तथा सम्बन्धित निकायले आफ्नो अनुकुल मिलेमतोमा ६० प्रतिशत भन्दा बढिकाे कमिशनकाे चलखेल हुने गरेको छ ।
उक्त कुरा स्वास्थ्य व्यवसायी संघ, नेपालका अध्यक्ष नवराज बस्नेतले पत्रकार सम्मेलन गरि वताएका हुन ।बस्नेतले भने स्वास्थ क्षेत्रकाे बिकृति, बिसंगति, अनियमितता मिलेमतोमा हुने गरेको छ। चरम भ्रष्टाचार र माफिया तन्त्रकाे अन्त्यको लागि सम्पूर्ण देशभक्त नेपाली जनतामा ध्यानाकर्षण गराएकाे छ ।
स्वस्थ्य सामग्रीको खरिद प्रक्रियामा आफुले चाहेकाे व्यवसायी संग मिलेमतोमा त्यस्ता व्यवसायीकै कम्पनीकाे सामान मात्र मिल्ने गरि स्पेसिफिकेशनहरु शर्तनामामा टेन्डरमा खुलाएर देशभरि अरबाैकाे भ्रष्टाचार हुने गरेकोे समेत खुलासा गरेकाे छ ।
स्वास्थ्य क्षेत्रमा बेतिथीकाे समाधानको लागि विभिन्न सराेकारवालाहरुकाे अनुगमन समिति गठन हुनुपर्ने, स्वास्थ्य मंत्रालयले अनुभवि व्यवसायी र विभित्र क्षेत्रका विज्ञहरूको समिति बनाएर खरिद सामग्रीको वास्तविक मूल्य यकिन गर्नुपर्ने, टेन्डर गराईने आवस्यक सुचनाहरु जनतामा प्रवाहित गराउनुपर्ने र विभिन्न राजनीतिक दल तथा पत्रकारहरुले सजगता देखाएमात्र स्वास्थ्य क्षेत्रमा भइरहेको बिकृति बिसंगति,बेतिथी हटने वस्नेतकाे भनाई थियाे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]