बम बिष्फोटमा संलग्न मुख्य योजनाकार सहित ४ जना सार्वजनिक
विराटनगर चैत्र १९ गते । बम विष्फोटमा संलग्न रहको आरोपमा योजनाकार सहित चार जनालाई प्रहरीले सार्वजनिक गरको छ ।
घटनाको विवरण अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीले चैत्र १४ गते राती इटहरी उपमहानगरपालिका वडा नं. २ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न भएको आरोपमा चारै जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेहरुमा इटहरी उप महानगरपालिका वडा नं. २ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ बर्षीया लक्ष्मी देवी थापा, लक्ष्मीको छोरा १८ बर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका वडा नं. ७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका वडा नं. ८ झापाका ४३ बर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन ।
चैत्र १४ गते राती १० बजे लक्ष्मी देवी थापाको कोठामा बम बिष्फोटको घटना भएकोमा तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको लागि अस्पताल पठाई अनुसन्धान सुरु गरेको थियो ।
घटनाको अनुसन्धान तथा खोज तलासको क्रममा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर (रिट) , संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले बिष्फोट पश्चात फरार रहेका आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा (ठकुरी) लाई इटहरी उपमहानगर पालिका वडा नं. २ स्थितमा लुकुछिपि बसेको अवस्थामा पक्राउ परेको थियो ।

त्यसैगरी घटनाका मुख्य योजनाकार संजय भन्ने खगेन्द्र खरेललाई झापाको काँकरभिट्टाबाट १७ गते पक्राउ गरेको थियो । उपचार पश्चात रविन थापालाई १७ गते र शेरजंग गुरुङ्गलाई १८ गते पक्राउ गरेको थियो ।
प्रहरीले घटना स्थलबाट बिष्फोट पश्चात क्षेति भएका समानहरुको अवशेष र पक्राउ परेका ब्यक्तिहरुबाट सी एफ एम लेखिएको सानो, ठुलो पर्चा १०३ थान, सदस्यता कार्डको अर्ध कट्टी २८ थान, हिमाल सुरक्षा परिषद नेपालको पर्चा १ थान, हिमाल सुरक्षा परिषदको बिभिन्न कमिटिको छाप ४ थान, लेटर प्याड पाना ७, रकम पठाएको र जम्मा गरेको आइएमइ रसिद ४ थान, बिभिन्न बैङ्कको चेकबुक ३ थान, मोवाइल ५ थान समेत बरामद गरेको थियो ।
पक्राउ परेकाहरुको सम्मानित जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]