विराटनगर, चैत १६ गते । नेपाल पत्रकार महासंघ मोरंग शाखाले महासंघको स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनको अधिकार पुरस्कार २०७८ बाट दुई जना पत्रकारलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरुमा गजेन्द्र बुढाथोकी उदयपुर स्थित टक्सार म्यागेजीनका प्रधान सम्पादक र देवनारायण साह कान्तिपुर दैनिकका मोरङ जिल्ला संवाददाता हुन् ।
५० हजार ५१ रुपियाँ राशिको षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार बुढाथोकीलाई र १५ हजार ५१ रुपियाँ राशिको षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार साहलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरेले उनीहरुलाई दोसल्ला ओढाएर नगद र प्रमाण–पत्र सहित सम्मानित गरेका हुन् ।
विराटनगर महानगरपालिका वडा नं. ११ निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नीको स्मृतिमा ७ लाख रकमको अक्षयकोष खडा गरेका थिए । सोही अक्षय कोषको रकमको ब्याजबाट प्रत्येक वर्ष सुचनाको अधिकार क्षेत्रमा काम गर्ने अभियान्ता तथा पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।
सुचनाको अधिकार पुरस्कार विक्रम सम्वत २०७३ र प्रोत्साहन पुरस्कार २०७४ सालमा स्थापना भई प्रदान गरिदै आईएको छ । महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले आफ्नो आधिकारिक बेवसाईट समेत शुभारम्भ गरेको छ ।
प्रदेश सरकार यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बटन थिचेर बेवसाईटको शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ मोरंग शाखाका अध्यक्ष संजीव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]