विराटनगर, चैत्र १३ गते । मोरङको बेलवारी नगरपालिका वडा नं. ४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर-गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं. ३ झापाका २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका वडा नं. १ महोत्तरीका ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका वडा नं. ४ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी उपमहानगरपालिका वडा नं. ५ सुनसरीका २४ बर्षीय बादल बि.क. रहेका छन् ।
उक्त समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेको थियो ।
त्यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हाे ।
घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]