इलाम, चैत्र ८ गते । इलामको रोङ गाउँपालिका वडा नं. ४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २ हजार किलोग्राम (४० बोरा) हार्ड छुर्पी बरामद गरेको हो ।
अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका-२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]