विराटनगर, फाल्गुन ३० गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १५ स्थितबाट लागुऔषध ब्राउन सुगर र नगद सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका वडा नं.१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली वडा नं. ५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन ।
अाईतवार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले संकालागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैया १ लाख ५ हजार बरामद गरेको थियोे ।
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]