हिरालाल साह
बिराटनगर, फाल्गुन १४ गते । जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिका वडा नं.१२ काे मंगलबारे हटिया चाैकमा पार्टी कार्यालयकाे समुद्घाटन भएको छ ।
पार्टी कार्यालयकाे उद्घाटन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुज अभियान माेरङ क्षेत्र नं ६ ख का ईन्चार्ज भुराज राइकाे प्रमुख आतिथ्यमा भएको छ ।
साे कार्यक्रममा प्रदेश १ का स्वास्थ्य मंत्री तथा कार्यक्रमका बिशिस्ट अतिथि जयराम यादवले पार्टी कार्यालयलाई निरन्तरता दिन र जनताको भावना कार्यकर्ताले जित्नुपर्ने कुरामा ध्यान दिन आग्रह गरेका थिए ।                                          जनता समाजवादी पार्टी वडा नं.१२ काे पार्टीकाे तर्फबाट स्वास्थ्य मंत्री बनेकाले सम्मान पत्र प्रदान गरेका छन्।
प्रमुख अतिथि भुराज राइले १२ नं वडाका जितेन्द्र ऋषिदेव लगायतका सयौंलाई फुलमाला र अबिर लगाएर पार्टी प्रवेश तथा स्वागत गरेका थिए ।
त्यसैगरी मन्तव्यकाे क्रममा बिराटनगर महानगर पालिकाका पार्टी अध्यक्ष अमरेन्द्र यादवले महानगर पालिकाका काम लथालिङ्ग भएकोले बिकास याेजनाहरुमा सबैले चनाखो हुनुपर्नेमा जाेड दिएका थिए ।
बिशिस्ट अतिथि केन्द्री सदस्य संजय सिँह तथा भरत दहाल,अतिथिमा जिल्ला अध्यक्ष राजकुमार यादव ,मन्तलाल यादव ,पुर्व जिल्ला अध्यक्ष उमेश यादव कन्हैया साह, माे.नसरुल, त्रिलाेचन गाैतम,१२ का वडाका वडा अध्यक्ष हिरालाल कामत, अरबिन्द मंडल, कुशेश्वर राजबंशी, प्रिती झा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
स्वागत मन्तव्य उज्ज्वल यादवले राखेका थिए भने कार्यक्रम संचालन बिरेन्द्र कामतले गरेका थिए। साे कार्यक्रम १२ नं वडा पार्टीका बुथ कमिटी अध्यक्ष किसन कुमार भण्डारीकाे सभापतित्वमा सम्पन्न भएको थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]