राजेश कुमार राजवंशी
विराटनगर, माघ १ गते । राजवंशी समाज उत्थान समितिको एकाइ समितिको आयोजनामा तिला सुकरात पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरको छ ।
तिला सुकरात शुभकामना आदान प्रदान कार्यक्रमको समुद्घाटन प्रमुख अथिती समाज सेवि बन्देलाल मण्डल राजवंशीले कलशमा दियो बालेर गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथितीले भने विराट राजवंशी जातिको अधिकारको लागि आफ्नो भेषभुशा पहिरन लाई सधै निरन्तरता दिनुपर्ने भन्दै विराट राजवंशीमा हलो र बैल गाडीहरु दिन प्रतिदिन हराउँदै गएकोमन चिन्ता व्यक्त गरेको थियो । बताउनु भयो ।
त्यसैगरी विशिस्ट अथिती राजवंशी समाज उत्थान समिति अध्यक्ष भुवनेस्वर मण्डल राजवंशीले पहिलो हामी जाति अनि कुनै पार्टी र धर्म परिवर्तन गर्न सक्छौं तर जाति परिवर्तन गर्न सक्दैनौ भन्दै आउँदो फाल्गुन ६ गते हुने बृहत भेला जातिको अधिकार, भेषभुशा संस्कृति, पहिरन, पहिचानको लागि बृहत भेला गर्दै आएको वताए ।

राजवंशी समाज उत्थान समितिको उपाध्यक्ष राजवंशी सामुदायि भवन निर्माण समितिका अध्यक्ष रामनारायण राजवंशीले तिला सुकरातको अवसरमा भवनको अधुरो कामको लागि सम्पुर्ण विराट राजवंशीलाई सहयोग गर्न आग्रह गर्दै राजवंशी समुदायल सहयोग गरे अधुरो काम पुरा गरेर २०७९ बैशाख १ गते भवनको समुद्घाटन गर्ने वताए ।
राजवंशी समाज उत्थान समितिको जिल्ला अध्यक्ष प्रदीप विश्वास मण्डलले भुजा, शखर र तिल मिसाएर लडडु बनाइ खाने चलन रहेको छ । ‘माघके जार फोरे हार’ हाम्रो जातिको पौराणिक फकडा रहेकोले त्यो जाडो बाट बच्नको लागि शरिरलाई तातो राख्ने गुड, सखर संग मिसाइएको तिल, चुरा, भूजा खाने गर्दछौ भन्दै यस्तो संस्कृतीलाई जोगाई राख्न हामी सवैको कर्तव्य भएको वताए ।
उक्त कार्यक्रममा समाज सेवि दिलिप मण्डल राजवंशी, विराट राजवंशी युवा अध्यक्ष कुसेश्वर राजवंशी, समाज सेवि रोशन राजवंशी, युवा सहसचिव अत्यान्नद राजवंशी लगायतले आ–आफ्नो मन्तव्य राखेको थियो ।


सो अवसरमा प्रमुख अतिथीलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । त्यसैगरी ज्येष्ठ नागरिक सोतिलाल राजवंशी, बन्देलाल मण्डल राजवंशीलाई समेत सम्मान गरिएको थियो । विराट राजवंशी समुदायको पहिरणमा युवा युवतीहरु नृत्य समेत गरेका थिए ।
सोही अवसरमा भवन निर्माणको लागि दिलिप मण्डल राजवंशीले ५ हजार, हृदय राजवंशीले ५ हजार र रोशन राजवंशीले ५ हजार सहयोग गरेकोले तीनीहरुलाई समेत अविर लगाएर सम्मान गरेका थिए ।
कार्यक्रम उद्घोषण देवराज राजवंशीले गरेका थिए भने हथिबन्धा बभनटोली एकाइ समितिको अध्यक्ष सेवक राजवंशी र सन्तोष राजवंशीको अध्यक्षता तिला सुकरात शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]