विराटनगर, माघ १ गते । नेपाल र भारतका हिन्दु समुदायले आज माघ संक्राती (तिला संक्रती) भव्यताका साथ मनाउने भएको छ । माघे संक्रान्तिलाई बाली र किसानहरुको पर्व पनि भनिन्छ ।
मकर संक्रान्ति हिन्दुहरूको प्रमुख चाड हो । मकर संक्रान्ति पौष शुक्ल मसान्तमा सूर्य मकर राँशीमा जाने भएकोले यस चाडलांई मकर संक्राती भनिन्छ । यो चाड जनवरी महिनाको चौदहवाँ वा पन्द्रहवाँ दिनमा पर्न जान्छ । किन भने यसै दिन धनुराशीलाई छाडेर मकर राशीमा प्रवेश गर्छ । मकर संक्रान्तिका दिन सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ भनेर ग्रन्थमा भनिएकोले यो चाडलाई कहीं उत्तरायण पनि भनिन्छ ।
मकर संक्रान्तिका दिन किसान आफ्नो राम्रो वालीका लागि भगवानलाई धन्यवाद दिएर आफ्नो अनुकम्पालाई मानिसमा राखी छोड्न आर्शीवाद माग्दछन । यस कारण मकर संक्रान्ति चाडलाई वाली र किसानहरूको चाड पनि भन्ने गरिन्छ ।
नेपालमा सबै क्षेत्रमा अलग अलग नाउँ वा भाँती भाँतीको रीति रिवाजबाट भक्ति एवं उत्साहको साथ धूमधामसंग मनाइन्छ । मकर संक्रान्तिका दिन किसान आफ्नो राम्रो वालीका लागि भगवानलाई धन्यवाद दिएर आफ्नो अनुकम्पालाई मानिसमा राखी छोड्न आर्शीवाद माग्दछन । यस कारण मकर संक्रान्ति चाडलाई वाली र किसानहरूको चाड पनि भन्ने गरिन्छ ।
मकर संक्रान्तिका दिन पानीको मुहान नदी, खोला, पोखरी तलाउ लगायतको स्थानमा गई स्लान गरि सूर्यलाई अर्ध दिदै निरोगिता र दिर्घायुको कामना एवं प्रार्थना गर्ने गरिन्छ । स्नान गरी सकेपछि तिल, चामल, पैसा दान गर्ने प्रचलन रहेको छ ।
त्यसैगरी तीलको लड्डु , घ्यू , कन्दमूल, चाकÞू इत्यादी आफन्त र साथीभाईहरुलाई बाडेर खाइ धूमधामसंग मनाउँछन । नदीको संगममा नुहाउन मकर जानेको भिड समेत लाग्ने गर्दछन् । तीर्थस्थलहरूमा रूबरू धाम (देवघाट) वराक्षेत्र, कोशी नदी, दोमुखा र त्रिवेणी मेला समेत प्रसिद्ध छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]