विराटनगर, पुस २४ गते । प्रदेश १ को राजधानी विराटनगर महानगर पालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।
सोही टोलमा रहेको गणेश मन्दिरको प्रांगणमा भएको सधारण सभाको समुद्घाटन राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाका अध्यक्ष एवं राष्ट्रिय सहकारी बैक लिमिटेड विराटनगरको व्यवस्थापन समिति सदस्य जीवन काफ्ले दियो बालेर गरेका थिए ।
सामाजिक तथा सास्कृतिक रुपान्तरणका लागि र सदस्यहरुको आर्थिक उन्नतिको स्थापना भएका सहकारीमा शेयर सदस्यहरु जिम्मेवार भई आर्थिक कारोवारमा निगरानी गरी मासिक बचत निरन्तर गरी आफ्नै सदस्यहरुलाई ऋण प्रवाह गरी सोही ऋणको व्याजवाट उठेको रकममा खर्च कट्टा गरी वांकी रकम पुनः शेयर सदस्यहरुमै वितरण हुने भएकोले सहकारी संचालक समितिको मात्र नभएर हामी सम्पुर्ण सदस्यहरुको संयुक्त संस्था हो भन्ने बुझ्नु पर्ने वताउँदै सहकारीले कोरोना अवधीमा समेत राम्रो आन्दानी गरेकोले सहकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
खुल्ला सत्रको समुद्घाटन कार्यक्रमका अतिथी लाभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड उपाध्यक्ष अन्तिम कुमार आर्चाय, संस्थाका जेष्ठ सदस्य शिव बहादुर निरौला, प्राध्यापक डाक्टर देवी वहादुर थापा, सल्लाहकार दमन विक्रम थापाले सहकारीलाई अझ सुदृढ गर्दै अगाडी वढ्न सुझाव दिएका थिए ।
उक्त सहकारीमा आर्थिक वर्ष २०७७÷०७८ मा कुल कारोवार १ करोड ३९ लाख ८७ हजार ८ सय २० रुपिया २६ पैसा, भएका छ भने सम्पति तर्फ १ करोड ३३ लाख ५० हजार ६ सय ७३ रुपियाँ ३६ पैसा पुगेको छ ।
त्यसैगरी आन्दानी तर्फ १६ लाख ९१ हजार २ सय १५ रुपियाँ ९५ पैसा रहेको छ भने खर्च तर्फ १४ लाख ७९ हजार ५ सय १८ रहेको सहकारीको अध्यक्ष राजेन्द्र कुमार थापाले प्रतिवेदन सार्वजनिक गरेको थियो ।
खुल्लासत्र सम्पन्न गरी बन्द सत्रमा कोषध्यक्षको प्रतिवेद, लेखा समितिका प्रतिवेदन वाचन गरी सुनाएपछि सदस्यहरुले प्रतिक्रिया राख्दै शिक्षा खर्चमा जेहेन्दर तथा विपन्न विद्यार्थीहरुलाई प्रोत्साहनको व्यवस्था, सक्रिय सदस्यहरुलाई तालिम तथा भ्रमणको व्यवस्था, स्वास्थ्य खर्चमा स्वास्थ्य शिविरहरु संचालन गर्न सुझाव दिएका थिए ।
उक्त कार्यक्रम सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष राजेन्द्र प्रसाद थापाको अध्यक्षतामा दुवै सत्र सम्पन्न गरेको छ
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]