विराटनगर पुस १८ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा किसानहरुको माग पूरा गराउन आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन् । घाईते हुनेहरूमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ साह र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको स्रोतले जनाएको छ ।
गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ ।
शान्तिपूर्ण आन्दोलन कारी माथि गोली प्रहार गरेकोमा मधेसी पत्रकार समाज नेपाल, नेपाल पिछडा वर्ग (यदअ) विद्यार्थी संघ र मानव अधाकार रक्षक समाज नेपाल आपत्ति प्रकट गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा दमन नगर्न आग्रह गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]