विराटनगर, पुस १८ गते । लाखौको जग्गा भएको जमीनको लालपुर्जा र सवौच्च अदालतबाट अंश चलन मुद्दा जितेको फैसला लिएर बैशाखीको सहारामा एक वृद्धले कहिले जिल्ला प्रशासन कार्यालय, कहिले प्रहरी कार्यालय, कहिले विराटनगर महानगर पालिका त कहिले पत्रकारहरुको अगाडी न्याय माग्दै भौतारि रहेकी छिन् ।
विराटनगर महानगर पालिका साविक वडा नं. ७ हाल वडा नं. ६ स्वागत चौक बस्ने ७० वर्षिय वृद्ध खैरुन निशाले छोरा हफिजुल्ला मियां समेत नाम दर्ताका सविक विराटनगर नगरपालिका वडा नं. कित्ता नं. १५९५ जग्गाको क्षेत्रफल ६ धुर अढाई कनुवा जग्गा भएको लालपुर्जा र सर्वौच्च अदातलबाट २०७० साल फाल्गुण २५ गते भएको अन्तिम फैसलाको प्रमाण्ति प्रतिलिपि लिएर न्यायको खोजिमा हिडि रहन्छिन् ।
खैरुन मियांको अनुसार अमिरअल्लाह मियांको दुई पत्नी जेठी नुरजहा र कान्छी म खैरुन रहेको थिए । जेठी पत्नीवाट तीन छोरा अताउल्ला मियाँ, उमेद मियाँ र सनाउल्ला मियाँ छोरीहरुमा लाडली, रोवेदो, गुलशन, नडिदा समेतका जाय जन्म भएको र मेरो तर्फवाट १ छोरा हफिजुल्ला मियाँ र छोरीहरु जीवन आरा र रानी खातुनको जाय जन्म भएको थियो । हामी अंशियार बीच अंश चलन मुद्दा मोरंग जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वौच्च अदालत समेतवाट अंश वापत उक्त जग्गा पाएको तर जेठी तर्फका छोरा र नातीहरुले कब्जागरी बसेको आफु चाहि भाडा घरमा बसी भिख मागेर पेट पालेको वताए
उक्त जग्गामा घर समेत रहेको र उक्त घर गोदाम भाडा लगाएर उनीहरुले नै रकम उठाएको भन्दै म र मेरो छोराको नाउँमा कायम रहेको जग्गा खाली गराई दिन जिल्ला प्रशासन कार्यालय मोरंग, जिल्ला प्रहरी कार्यालय मोरंग र विराटनगर महानगर पालिका समेतमा फछ्र्यौटको लागि निवेदन दिएको तर कुनै सुनवाही नभएको खैरुनको भनाई छ ।
सवोच्च अदालतवाट फैसला भएको करीव ८ वर्ष हुन लागेको छ तर उक्त जग्गा र घर खाली गरेको छैन । खाली गर्न भन्दा उल्टै म खैरुन निशा र मेरो छोरी रानी खातुन र छोरा हफिजुल्ला मियाँलाई मार्ने कुटपिट गर्ने धम्की दिई रहेको वताए । मेरो छोरा हफिजुल्ला मियाँ समेतको दिमागी हालत ठीक नभएको वताए ।
जबकी जेठी तर्फको तीन छोराहरु अताउल्ला, उमेदउल्ला र सनाउल्ला पिताको जीवन कालमै २०५६ साल असोज २ गते अंश भर्पाई गरी अंक बुझी सकेको छ । तर पनि तीनीहरु र तीनीहरुका छोरा ओवी हुल, राजु, पप्पु लगाईतले जग्गा खाली नगरी उल्टै मारपीट गर्ने, गाली गलौच गर्ने र मार्ने समेत धम्की दिई रहेको खैरुन निशाको आरोप छ ।
सर्वोच्च अदालतवाट त कागजमा न्याय पाएकै हो तर स्तानीय स्तरमा स्थानीय तर र प्रहरी प्रशासन समेतमा जग्गा छुट्याई पाउँ निवेदन दिदा पनि प्रशासन समेतले आलटाल गरेको आरोप खैरुन निशाले लगाउँछिन् ।
मुद्दा मामिलाको एक पोको कागज सहित सर्वोच्च अदालतको फैसला र प्रहरी प्रशासन र स्थानीय तह विराटनगर महानगर पालिकामा निवेदन दिएको कागजहरु वोकेर बोकेर वृद्ध खैरुन निशा र उनकी छोरी रानी खातुन भौतारी रहेकी हुन्छीन ।
आमा छोरीले हाम्रो भागको घर जग्गा छुट्याई दिन प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनीधिहरु समेतलाई आग्रह गरेकी छिन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]