विराटनगर, पुस १५ गते । मोरंग जिल्लाको जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले बारम्बार अश्वासन दिएर माग पुरा नगरी धोका दिएको भन्दै विद्यालयहरुको कर्मचारी र बाल विकासका शिक्षिकाहरुले गाउँपालिकामा तालाबन्दी गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा कार्यालय मोरंगको सभाहलमा गरीएको पत्रकार सम्मेलनका सहभागी विद्यालय कर्मचारीहरु र बालविकासमा पढाउने शिक्षिकाहरुले सो कुरा वताएका छन् । उनीहरुले भने ‘हामी पटक पटक वडा अध्यक्ष, गाउँपालिका अध्यक्षसंग भेटघाट गर्दा सकारात्म आश्वासन पायौ तर गाउँपालिकाको पुर्ण बैठक बस्दा अध्यक्षले कुनै निर्णय नगरी हामीलाई धोका दिएको कारण आन्दोलनमा उत्रिनु परेको सहभागीहरुको भनाई थियो ।
पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ जहदा मोरंगको अध्यक्ष चैतु लाल मण्डलले भने २०७८÷०७९ को बजेटमा विद्यालयहरुमा कार्यरत कर्मचारी र बालविकास सहयोगी कार्यकताहरुको तलब भत्तामा बृद्धि भएको सोलाई कार्यन्वयानका लागि पुस्तिकामा समेत प्रस्टरुपमा उल्लेख गरि सम्वन्धीत निकायलाई निर्देशन समेत भई सकेकोले सो अनुरुप गाउँपालिकाको अध्यक्षले कार्यान्वय नगरेको हुँदा गाउँपालिकामा ताला लगाउन बाध्य हुनु परेको वताए ।

विद्यालय कर्मचारी र बालविकास शिक्षिकाहरुले नेपाल शिक्षक महासंघको नेतृत्वमा पुस १६ गते जहदा गाउँपालिकाको प्रांगणमा धर्ना दिने, पुस १८ गते गाउँपालिकाको सम्पूर्णका ठप्प पारी तालाबन्दी गर्ने, माग सम्बोधन नभए पुस १९, २० र २१ गते ३ दिन धर्ना कार्यक्रम गर्ने भएको छ ।
उक्त आन्दोलनका कार्यक्रममा नेपाल शिक्षक महासंघ जहदा, नेपाल शिक्षक संघ जहदा, नेपाल राष्ट्रिय शिक्षक संगठन जहदा, एकिकृत नेपाल शिक्षक संगठन जहदा, समाजवादी शिषक फोरम जहदा, नेपाल विद्यालय कर्मचारी परिषद जहदा, नेपाल राहत शिक्षक संगठन जहदा बालविकास स. का जहदा लगायतको समर्थन रहेको छ ।
जहदा गाउँपालिका अहिले विवादै विवादको गाउँपालिका भएको छ । यसभन्दा अगाडी भवन निर्माणको टेण्डर विवाद, शिक्षक नियुक्ति विवाद, शिक्षिका माथि हातपात विवाद, किर्ते हस्ताक्षर लगायतको विवाद गर्दै अहिले विद्यालय कर्मचारी र बालविकास शिक्षिकाहरुको विवाद वाहिर आएको छ ।
धेरै जसो विवादमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत शिक्षक नियुक्तिमा चलखेल गरेको शिक्षक माथि पनि अख्तियारमा उजुरी परिसकेको स्रोतको दावी छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]