बिराटनगर, पौष ७ गते । बिराट ब्याडमिन्टन क्लबले प्रथम मकरजंग मुम्रोक स्मृति ब्याडमिन्टन प्रतियोगिता गराउने भएको छ ।
राजनैतिक, शैक्षिक तथा औद्योगिक नगरी प्रदेश नं. १ को राजधानी भएतापनि खेलकुद क्षेत्रमामा केही पछि परेको भन्दै पछिल्लो समयमा खेलकुदहरु मध्ये ब्याडमिन्टन खेल गाउँ टोलमा खेलेता पनि व्यवसायिक रुपमा फस्टाउन नसकेको महसुश गर्दै २०७३ सालमा व्यवसायिक रुपमा क्लबको स्थापना गरिएको पत्रकार सम्मेलनमा क्वका अध्यक्ष शमशेर राईले वताए ।
क्लबले अन्तरक्लब प्रतियोगित गर्दै आएको भएतापनि यसपालि मोरंग जिल्ला स्तरीय प्रतियोगिता पौष ९ र १० गते विराटनगरमा गराउन लागेका छन् । उक्त ब्याडमिन्टन प्रतियोगितामा एक दर्जन जति क्लब र मोरंग स्थिीत शसस्त्र प्रहरी टीम र नेपाल प्रहरी टिमको समेत सहभागीता गराउने भएको छ । सो प्रतियोगितामा १ सय जना खेलाडीहरु सहभागी हुने छन् । सहभागी टीमवाट प्रवेश शुल्क वापत १ हजार लिने आयोजकले वताए ।
प्रतियोगिताको मेन्स डबल तर्फ प्रथम हुनेलाई २५ हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई ५ हजार र भेट्रान्स ४५ वर्ष माथिका विजेता खेलाडीहरु मध्ये प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १२ हजार र तृतीय हुनेलाई ४ हजार नगद पुरस्कार प्रदान गर्ने क्लबका अध्यक्ष राईले वताए ।
करीब ३ लाख ५० हजार खर्च लाग्ने प्रतियोगितको प्रायोजन अर्जुन तुम्रोक, योजित प्रधान, रिन्जे गुरुङ्ग, दुर्गा प्रसाद तुम्रोक, कुशल लिम्बु, भुपेन्द्र राई, रामबहादुर श्रेष्ठ, मिलन नेम्बाङ्ग, र तारा कुमार तुम्रोक रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]