बिराटनगर, पौष ७ गते । शरिरमा रगत उत्पादनमा कमी भई बालबालिकामा लाग्ने थालेसिमिया रोग पिडीत विरामीहरुको उपचारका लागि ‘च्यारिटी’ सो हुने भएको छ ।
लायन्स क्लब भवनमा पत्रकार सम्मेलन गर्दै च्यारिटी सो को आयोजक आवर प्रोडक्सन कम्पनीका अध्यक्ष भुवन दाहाले जानकारी गराएका थिए । शरिरमा रगत अभाव भई थालेसिमिया रोग पिडीत करीब १०५ जना सम्पर्कमा आएको छ । तीनीहरुको उपचारमा सहयोग गर्न क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सो आयोजना गर्ने बताएका थिए ।
थालेसिमिया रोग पिडितको सहयोगको लागि गरिने च्यारिटी सो कै अवसरका स्वदेशी उत्पाद ढाकाबाट बनेका तयारी पोेशाक र ‘फेशन वेयर’ को प्रर्वद्धन गर्ने लक्ष्य समेत लिएको छ ।
‘च्यारेटी सो’ लाई अझ आकर्षक वनाउनका लािग चर्चित मोडेलहरुले उक्त पोशाक पहिरिएर प्रर्दशन गर्नेछन् । त्यसका लागि आयोजकले विराटनगरको तनश्का बुटिक, इटहरीको व्हाइट फिदर र ओएसटी डेनिमलाई फेशनसँग सहकार्य गरि सकेका छन् ।
सो अवसरमा मेलोडियस क्विनकोे उपनामले चर्चित गायिका तृष्णा गुरुङको साङ्गितिक प्रस्तुती, चर्चित नायिका परामिता राज्य लक्ष्मी राणा, मिस युनिभर्स २०२० रनरअप रक्षा उप्रेती, मिस्टर इन्टरनेशनल नेपाल साजिद आलम र चर्चित मोडेल विनोद खड्का सहित चर्चित कलाकारहरुको उपस्थिति रहने छ ।
‘च्यारेटी सो’ समुद्घाटनको लागि प्रदेश १ का मुख्यमन्त्रीवाट गराउने भएको छ । सोही कार्यक्रममा थालेसिमिया रोग पिडित विरामीहरुको बारेमा डकुमेन्टरी समेत प्रस्तुत गर्ने भएका छ ।
उक्त ‘च्येरिटी सो’ मा प्रवेश शुल्क १ हजार राखिएको छ । थालेसिमिया रोग पिडित विरामीहरुको सोहयोगको लागि टिकट खरिद गरिदिन आम नागरिकमा समेत आयोजकले आग्रह गरेको छ । टिकटको लागि ९८०७९३८२०० र ९८६२५००१३४ मा सम्पर्क गर्न आयोजकले आह्वान गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]