झापा, पौष ३ गते । धारिलो हरियार प्रयोग गरी कर्तव्य गरी ज्यान मार्ने १ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका वडा नं. १ का २० बर्षिय अर्जुन लिम्बु रहेको छ ।
मंसिर २९ गते दमक नगरपालिका वडा नं. ६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक नगरपालिका वडा नं. २ का २५ बर्षिय तेज प्रकाश पराजुली धराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियारले काटेको रक्ताम्मे अवस्थामा पसल धनी सन्तोष पौडेलले फेला पारी उपचारको लागी बि.एण्ड.सि. अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दमक नगरपालिका वडा नं. १ का २० बर्षिय अर्जुन लिम्बुलाई पौष १ गते प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पुर्व रिसईविको कारण घट्ना घटाएको, घटनामा प्रयोग भएका दशीका सामानहरु निजले आफ्नो भनि साबिति दिएको हो ।
प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार दाउ १ थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडाहरु बरामद गरेको छ । पक्राउ परेका लिम्वुलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]