विराटनगर, पुस २ गते । विन्टर फुट वेयर महाउत्वसको समुद्घाटन प्रमुख अतिथी रातो तारा डट कमका सम्पादक एवं स्वतन्त्र पत्रकार तेजेन्द्र भण्डारीले रिवन काटेर गरेको छ ।
विराटनगर महानगर पालिका वडा नं. ६ भाटभटेनीका छेउमा लागेको महाउत्स पुस २ गते देखि ३० गते सम्म संचालन रहने छन् । उक्त महाउत्सवमा उपभोक्ताले शून्य देखि ६० प्रतिशत छुटमा हाइलाईफ, शिखर र यूनाइटेड ब्राण्डका जुत्ता चप्पलहरु खरीद गर्न सकिने विन्टर फुट वेयरको संचालक समिम खानले जानकारी दिएका थिए ।
उक्त महाउत्सवमा हाइलाईफका प्रतिनिधी रााघव वियानी, शिखरका प्रतिनिधी संगिता काडारीया र यूनाईटेड ब्राण्डका प्रतिनिधी सूरज प्रधानको उपस्थिति रहेको थियो ।
महोत्वसको मुख्य उदेश्य स्वदेशी ब्राण्डका जुता चप्पलहरु आम नेपाली जनताले सहज तरीकाले सस्तोमा पाउन भन्ने रहेको छ । नेपाली बस्तु उपभोत्ताहरुलाई चिनाउन र स्वदेशी उत्पादनलाई प्रबर्द्धनका लागि आयोजना गरिएको हाईलाईफका प्रतिनिधी राघव वियानीले वताए ।
३० गते सम्म महाउत्स संचालन हुने छ भने त्यस पछि उपभोक्ताले सवै ब्राण्डका जुत्ता चप्पल एकै ठाउँमा पाउन भन्ने उदेश्यले त्यो पसलहरु सधै संचालनमा रहने यूनाईटेडका प्रतिनीधि सूरज प्रधानले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]