विराटनगर, मंसिर २६ गते । अखिल नेपाल पिछडा वर्ग (ओविसी) महासंघको केन्द्रिय समितिको बैठकवाट तेज प्रकाश निषदःबरीका अध्यक्षतामा कमिटी गठन भएको छ ।
बिगत २०५५ सालमा नेपाल पिछडा वर्ग (ओविसी) महासंघ गठन भए देखि देखि नेपाल पिछडावर्ग (ओविसी) महासंघ उच्चवर्ग, आदीवासी जनजाति र दलितमा नपर्ने झनै ३ दर्जन जातिकोे हक अधिकारको लागि संघर्ष गर्दै आएको थियो । २०७४ साल मंसिरमा के.पी.ओली सरकारको पालामा नेकपासंग समायोजन घोषणा भएर अखिल नेपाल पिछडाबर्ग महासंघ बनेको थियोे ।
राष्ट्रिय जनता दल तथा अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघको अध्यक्ष भरत प्रसाद महतोले केपी शर्मा ओलीको सरकारले पनि पिछडा वर्गको मागलाई वेवास्ता गरेको भन्दै मंसिर १७ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल र अखिल नेपाल पिछडावर्ग महासंघले ३ बुंदे सहमतिमा सहकार्य गरि ‘पिछडावर्ग (ओविसी) महासंघ नेपाल’ घोषणा गरेको थियो ।
अखिल नेपाल पिछडा वर्ग (ओविसी) महासंघका अध्यक्ष भरत प्रसद महतो नेकपा एमालेवाट चोइटिएर गएपछि अखिल नेपाल पिछडा वर्ग (ओविसी) महासंघको केन्द्रीय कमिटीको बैठक बसी नयां कमेटी गठन गरिएका छन् ।
अखिल नेपाल पिछडावर्ग (ओविसी) महासंघको नयाँ केन्द्रीय कमेटीको उपाध्यक्षमा मदनकिशोर कामत, उपाध्यक्षमा अकलेश कुमार साह, महासचिवमा जयप्रकाश महतो, उपमहासचिवमा धनराज गुप्ता, केन्द्रीय सदस्यहरुमा प्रमोद राज पटेल, राजन साह कानु, राजेश सहनी, दिलिप कुमार दास, शंकर यादब, दीपेन्द्र साह जितेन्द्र यादब, सन्तोष कापर लगायत चयन भएका छन् ।
विगत १५ वर्ष देखि नेपाल पिछडावर्गमा संर्घष गर्दै आएको हालै गठन भएकोे कमिटीको महासचिव जय प्रकाश महतो, नेकपा एमाले विराटनगर महानगर पालिका कमिटीको उपसचिव पदको जिम्मेवारीमा समेत रहेको छ ।
बिगत २०५५ सालमा नेपाल पिछडा वर्ग (ओविसी) महासंघ गठन भए देखि नेपाल पिछडावर्ग (ओविसी) महासंघमा उच्चवर्ग, आदीवासी जनजाति र दलितमा नपर्ने झण्डै ३ दर्जन जातिकोे हक अधिकारको लागि संघर्ष गर्दै आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]