विराटनगर, मंसिर १७ गते । लागूऔषध मुद्धा र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका सुनसरी धरान उप-महानगरपालिका वडा नं. ७ का ४१ बर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउपालिका वडा नं. १ का २३ बर्षीय सुरज कामत रहेका छन् । दुवैजनालाई सम्मानित सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागी विहीवार कारागार चलान गरिएको छ ।
लागूऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १ महिना २४ दिन कैद र १ लाख जरिवाना भई लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकाे थियो ।
सिदिकीलाई चोरी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र १५ हजार जरिवाना भई लगत नं.- ५८१ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकाे थियाे ।
कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, रिटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा विहीवार फेला पारी पक्राउ गरि सम्मानित जिल्ला अदालतमा दाखिला गरिएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]