हिरालाल साह
बिराटनगर, मंसिर १६ गते । मधेसी स्वास्थ्यकर्मी फोरम, नेपाल प्रदेश नं. १ र फोरम समर्थित जिल्ला प्रतिनिधीहरुले सामाजिक विकास मन्त्री जयराम यादवलाई स्वागत तथा सम्मान गरेका छन् ।
प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयको सभाहलमा फोरमको प्रदेश कार्यसमितिका पदाधिकारी र विभिन्न जिल्लाका प्रतिनीधिहरुले एक कार्यक्रमको आयोजना गरी मन्त्री यादवलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा मधेसी स्वास्थ्यकर्मी फोरम, नेपालका महासचिव कृष्णलाल यादवले स्वागत मन्तव्यको दिदैं नेपालको जनसंख्याको चाप बढ्दै गएकोले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कर्मचारी दरबन्दी थपिनुपर्ने, सरुवा÷बढुवाको लागि समन्वय कार्यालयहरु हुनु पर्ने र एकीकृत सेवा प्रणालीलाई बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी मधेसी स्वास्थ्यकर्मी फोरम, नेपाल मोरङका अध्यक्ष राज कुमार दासले कोभिड महामारीको बेलामा पनि स्वास्थ्यकर्मीहरुले फ्रन्ट लाईनमा रहेर दिनरात जनताको सेवा गरेकोले उचित भत्ता नपाएको, मधेसी दलित आदिवासी स्वास्थ्यकर्मीहरुलाई बढुवामा भेदभाव गरिएको, बिगत ६ महिनासम्म पनि विभिन्न मागहरू राखेर चरणबद्ध आन्दोलन गर्दा केही मांगहरु मात्र पूरा भएको र बाँकी मह्तवपुर्ण मागलाई सम्बोधन गरिनुपर्ने अपेक्षा राखेको बताए।यसैगरि बिभिन्न जिल्लाबाट आएका स्वास्थ्यकर्मीले कर्मचारी समायोजन तथा पदस्थापनमा एकरुपता नितिसंगत नभएको लगायतका गुनासो राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि माननीय सामाजिक बिकास मन्त्री जयराम यादवले संघिय कानुनले प्रदेशको अधिकार निकै खुमच्याएको, कर्मचारी नियुक्तिमा प्रदेश लोकसेवा आयोगले पुर्णता नपाउन्जेल सम्मकालागि संघकै लोकसेवा आयोगको मुख ताक्नुपर्ने कानुनी जटिलता रहेकोले प्रदेश सभाबाट कानुनहरु बनाएर स्वास्थ्य कर्मीहरुको समस्याहरुलाई हल गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री यादवले ग्रामीण भेगमा स्वास्थ्य सम्बन्धि सेवा सुबिधाहरु आम जनताको घर दैलोमा पु¥याउन यहाँहरुको भुमिका महत्त्वपूर्ण रहेकोले जिम्मेवारी पुर्वक जनचेतना पुर्याउन अनुरोध समेत गरेका थिए ।
सो कार्यक्रममा मधेसी स्वास्थ्यकर्मी फोरम, नेपाल प्रदेश नं. १ का अध्यक्ष हरि शंकर साहको अध्यक्षतमा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]