विराटनगर, मंसिर १५ गते । बृहत मधेशी नागरिक समाजको केन्द्रीय अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले श्रीमति बिल्टी देवी सिहंको १३ औं पुन्यतिथीमा ५ लाख अक्ष्यकोषको ट्रष्ट घोषण गरेको छ ।
उक्त घोषणा बृहत मधेशी नागरिक समाज केन्द्रीय कार्य समिति विराटनगर परिवार र नेपाल कुशवाहा कल्याण समाज केन्द्रिय कार्य समिति काठमाण्डौले सिंहको श्रीमति बिल्टी देवी सिंहको ७२ वर्षको उमेरमा मंसिर ४ गते असामयिक निधन भएकोमा शब्द श्रद्धाञ्जी सभामा सिंहले सो घोषणा गरेको हो ।
सिंहले आमा स्व.जगिया देवी सिंह (नन्दी), स्व.श्रीमति बिल्टीदेवी सिंह र स्व. छोरी साजको नाम लाई जोडेर जगिया नन्दी बिल्टी साज कुशवाह मेमोरियल ट्रष्ट स्थापना गर्ने घोषणा गरेको छ ।
ट्रष्टमा सामाजिक क्षेत्रमा कामगर्ने व्यक्तित्वहरुलाई राखी उक्त अक्षयकोषवाट आएको व्याज रकमबाट पशुपक्षी, जीवजन्तुहरुको रक्षाको क्षेत्रमा काम गर्ने, अनुसन्धान गर्नेलाई पहिलो प्राथमिकतामा राखी शिक्षा, स्वास्थ्य समाजिक क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्था वा व्यक्तिहरुलाई सम्मान र आर्थिक सहयोग गर्ने भएको छ ।
सिरहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नं. ५ लक्ष्मीपुर निवासी हाल विरामहानगर पालिका वडा नं. १२ पाँचाली निवासी सिंहको २ छोरा र २ छोरी रहेका छन् ।
उक्त शब्द श्रद्धाञ्जली सभामा विभिन्न संघ, संस्था, राजनीतिक दलकाहरुले श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्दै आफ्नो मन्तव्य र रचनाहरु प्रस्तुत गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]