सुनसरी, मंसिर ११ गते । सुनसरी ईटहरी उपमहानगर पालिका वडा नं.४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चितवन भक्तपुर वडा नं. १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेकाे छ ।
बिशेष सुचनाको आधारमा शुक्रबार ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउन सुगर ९ ग्राम २० मिलीग्राम सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]