विराटनगर, मंसिर ५ गते । प्रदेश नं. १ को राजधानी जोडिएको जहदा गाउँपालिका वडा नं. ३ मा पर्ने हाथीवन्धा र ववनटोलीलाई जोड्न जुडी खोलामा पुलको शिलान्यास भएको छ ।
एक कार्यक्रमको आयोजना गरी शनिवार सो कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का माननीय समाजिक विकास मन्त्री जयराम यादवले पुलको शिलन्यास गरेको हो । उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै आफु मन्त्री बनेपछि पहिलो पुलको शिलान्यास गरेकोमा खुशी व्यक्त गर्दै पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गरेका थिए ।


जहदा गाउँपालिका वडा नं. ३ मा रहको हाथीवन्धा र ववनटालीका जनतालाई आवतजावत गर्न नदी तरने बाध्यतालाई निर्मुल पार्ने उदेश्यले २ करोड ३० लाखको लगानीमा पक्की पुल निर्माण गर्न लागेको वडा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष अनिल ठाकुरले वताए । सो प्ल समयमै निर्माण गर्ने समेत प्रतिवद्धता जनाएका थिए । सो कार्यक्रममा जहदा गाउँपालिका अध्यक्ष कैलाश मण्डल, उपध्यक्ष शालो साहको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी सोही दिन जनता समाजवादी पार्टीको सुदृढीकरण र जनजागरण (सुज) अभियान अन्तर्गत जागरण सभा र सम्मान कार्यक्रम प्रदेश नं. १ को क्षेत्र नं. ५ (ख) को जहदा गाउँपालिका वडा नं. ३ को प्रागणमा अन्य पार्टीवाट जसपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै सम्पन्न भएको छ ।
जनजागरण सभा र सम्मान कार्यक्रमको प्रमुख अतिथी प्रदेश नं. १ का माननीय समाजिक विकास मन्त्री जयराम यादवलाई फूलमाला लगाएर सम्मान गरेका थिए । सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीलेभने ‘प्रदेश सांसद बनेको साढे तीन वर्ष पछि पार्टीले प्रदेश नं. १ मा सामाजिक विकास मन्त्रालय पाएको छ । त्यहांवाट हुने सम्पुर्ण काम संघियतालाई झल्काउने गरी हुने छ । समाजिक विकास मन्त्रालयवाट हुने कामकारवाहीमा पार्टीका हरेतह तपकासंग सरसल्लाह गरी काम गर्ने प्रतिवद्धता जनाएका थिए ।’
नेपाली कांगे्रस, नेकपा एमाले, राप्रपा, नेकपा माओवादी लगायत पार्टीलाई परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गर्ने सर्यौ यूवाहरुलाई मन्त्रीले फुलमाला र अविर लगाएर स्वागत गरेका थिए । उक्त सभामा जसमा केन्द्रिय सदस्य संजय सिहं, मोरंग जिल्ला अध्यक्ष राजकुमार यादव लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]