विराटनगर, श्रावन १० गते । सहमती बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगती विनायक टोल विराटनगर महानगर पालिका वडा नं. ८ ले एक दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा सहभागी शेयर सदस्यहरुलाई सहकारीका जानकार काशी नाथ श्रेष्ठले सहजी करण गरेका थिए । सो तालिममा संस्थाको एैना भनेको वार्षिक वासलात हुन्छ । वासलातमा पुँजी तथा दायित्वमा शेयर पुँजी, कोष हिसाब, निक्षेप हिसाब र अन्य दायितव र सम्पत्ति तथा जेथा नगद बैक मौजात, लगानी हिसाब, ऋण लगानी र स्थिर सम्पतिको शेयर सदस्यहरुलाई विशेष जानकारी हुनु पर्ने भन्दै त्यसैको वारेमा विषेश छलफल चलाएका थिए ।
सहकारीको मुख्य उदेश्य आफ्ना सदस्यहरुको आवश्यकता परिपुर्ति गर्ने हो । त्यसकोलागि सहकारीले उत्पादन मुलक, सीममूलक र रोजगारी मुलक क्षेत्रमा लगानी गर्नु पर्ने सहकारीलाई सुदृष्ढ वनाउन सम्पूर्ण सदस्यहरुको दायित्व र जिम्मेवारी भएको लगायत विविध विषयमा जानकारी गराएको थिए ।
सो तालिम सहमति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति, लेखा समिति, ऋण उप–समिति, शिक्षाउप–समिति, ऋण असुली उप–समिति लगायत शेयर सदस्यहरुको उपस्थिति रहको थियो ।
उक्त तालम संचालक समितिका अध्यक्ष अध्यक्ष राजेन्द्र कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]