विराटनगर, कार्तिक २४ गते । हिन्दु, मुस्लिम लगायत सम्पूर्ण धर्मावलम्बीहरूले एकैठाउंमा उभिएर श्रद्वापूर्वक सुर्य भगवानलाई अर्घ दिएर मनाउने छठ पूजापाठकाे लागि घाट तयारी अवस्थामा रहेको छ ।
प्रदेश नं. १ काे राजधानी विराटनगर महानगरपालिकाकाे पुर्वमा रहेकाे सिघिया खाेला र पश्चिममा रहेकाे केशलिया खाेला, सुनसरी माेरंग सिचाई आयाेजनाकाे नहर, पाेखरी, ताल, आफैले वनाएकाे जलाशयलाई केराकाे बाेट, फूलमाला, विजुलीबत्ती, लगाएर झिलीमिली पारी विहाेली झै सिगारिएका छन ।
हुन त छठ पर्वका विधीविधान तीन दिन अगाडिदेखि नै शुरू भइसकेको छ तर मुख्यतः जलाशयमा गएर सुर्य भगवानलाई पूजाअर्चना अर्घ दिन केही घण्टा मात्र बांकी छ ।
छठ पूजापाठकाे लागि पूजन सामग्रीहरूः– छठ पर्वमा चाहिने पूजन सामग्रीहरूमा ६० किसिमको चीजबीजको विधिविधान निर्धारित गरिएको छ तर यो सबै अचेल सम्भव नभएकोले ’अभावेशाली चूर्णम’को विधि अपनाइन्छ अर्थात् सबै व्रतालुहरूले आफूले सकेसम्म जति सम्भव हुन्छ त्यत्तिनै सामग्रीहरूको सरजाम जोडेर पूजाआजा गर्ने गर्दछन् । पारिवारिक सुख, स्वास्थ्य र कल्याणको लागि गरिने छठ व्रतमा मुख्यतः गहुँ र गुडको मिश्रण गरेर तयार पारिएको ठेकुवा (खजुरिया) र चामलको पिठो र सक्खर मिलाएर पकाएको कसार (भुसवाको) बाहेक केरा, नरिवल, उँखु, कागती, भोगटे, सक्खरखण्ड, अदुवा, बेसार, पान, मखाना र मिष्ठान्न आदिकोविविध प्रकारको प्रावधान गरिएको छ । मौसमी फलफूलहरू र वनस्पातिक वस्तुहरूको बाहुल्य पाइन्छ किनभने सम्पूर्ण मिथिलाञ्चल शतप्रतिशत कृषि प्रधान प्रदेश रहेको छ । यसमा धानजस्तो अन्न गमढीको मगमगाउँदो बास्नायुक्त खीर शुद्ध मानिन्छ ।
यी सामग्रीको साथ आज वेलुका अस्ताउंदाे सुर्यलाई र भाेली उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न गरिन्छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]