विराटनगर, कार्तिक २३ गते । आर्थिक अवस्था कम्जोर भएकै कारण छठपर्व मनाउनबाट बन्चित नहोस भन्ने उदेश्यले २५ घर विपन्न परिवारलाई पूजापाठ सामग्रीहरू वितरण गरेका छन् ।
उक्त सामग्रीहरू रौनियार सेवा समाज परिवार र नेपाल वैश्य यूवा संघले संयुक्तरूपमा वितरण गरेको हो ।
बासको ढाकीमा साढी, स्याउ, नरिवल, लसुन, भोगेटो, कागती, लगायत छठ पुजाको लागि एउटा कोनीया वा ढाकीमा चाहिने सम्पूर्ण पूजापाठको सामग्री छठ पूजा गर्ने विपन्न परिवारलाई सामुहिक रूपमा वितरण गरेका छन् ।
विराटनगर महानगर पालिका वडा नं. ६ र ११ का २५ घरपरिवारले छठ पूजापाठ गर्न चाहने तर आर्थिक अवस्था कम्जोर भएकोले सो सम्भव नभएको परिवारलाई छनौट गरि छठ पूजा सामग्री वितरण गरेका छन् ।
उक्त वितरण कार्यक्रममा रौनियार सेवा समाज विराटनगरको अध्यक्ष राम नरेश साह, नेपाल वैश्य यूवा संघको अध्यक्ष गणेश साह, वैश्य यूवा समाजको केन्द्रीय उपाध्यक्ष श्याम नारायण साह, सल्लाहकार द्वय शिवनारायण गुप्ता, रामनाथ गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
छठ पूजापाठ गर्नवटा काहीँ पनि बन्चित हुन् नपरोस भन्ने उदेश्यले विगत १० वर्ष देखि समाजले विपन्न परिवारलाई पूजापाठ सामग्रीहरू वितरण गर्दै आएका छन् । यसपाली २५ परिवारलाई करीब ३५ हजार बराबरको पूजापाठ सामग्री वितरण गरिएको यूवा संघ अध्यक्ष गणेश साहले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]