खोलामा बनाइएको तटबन्ध पुनःनिर्माण गर्दा ४५ करोड लाग्ने अनुमान
बिराटनगर, कार्तिक २३ गते । बेमौसमी झरीका कारण आएको बाढीले मोरंगको बक्राह, डायस, चिसाङ्ग, लोहन्द्रा लगायतको खोलामा बाढी नियन्त्रणको लागि बनार्ईको संरचना भत्किएपछि त्यसलाई पुनः निर्माण गर्न करीब ४५ करोड लाग्ने अनुमान गरिएको छ ।
कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना मोरंगका प्रमुख कैलाश श्रेष्ठका अनुसार बेमौसमी झरीका कारण नदीमा आएको बाढीले तटबन्ध गायतको संरचना भत्काउनुका साथै धरै ठाउँमा अवादी जमीन समेत कटान गरेको ती कटानहरुमा तटबन्ध लगायतको संरचना पुनःनिर्माण गर्दा ३ वर्ष लाग्ने वताए । समयमै संधिय तथा प्रदेश सरकारवाट रकम निकाशा भए सो संरचना निर्माण हुन अन्यथा अझ क्षति बढ्न सक्ने वहांको भनाई छ ।
बाढीका कारण बक्राहा नदीले सुनवर्सी नगरपालिका वडा नं. ७ चैतामा ४ सय मिटर तटबन्ध, वडा नं. २ को कैमीमा २ सय ५० मीटर, वडा नं. ३ वामनडोकमा ३ सय ५० मिटर भत्किएको छ ।
त्यसैगरी मिक्लाजुङ्ग गाउँपालिकाको वडा नं. ६ शान्ति टोलमा २ सय २० मिटर, पथरी शनिश्चरे नगर पालिका वडा नं. ५ पौडेल चौक पुर्व २ सय ३० मिटर लगायत १४ ठाउँमा गरी जम्मा ५ किलो मिटर दुरीको क्षति भएको छ ।
सोही बाढीले जहदा गाउंपालिका वडा नं. २ मझारे टोलमा २ सय ५० मिटर, धनपालथान गाउँपालिका वडा नं. ५ खवास टोलमा २ सय ३० मिटर, लगायत १५ ठाउँमा गरी जम्मा ३.८ किलोमिटर क्षति भएका छ ।
चिसाङ्ग खोला तर्फ बेलवारी नगरपालिका वडा नं. ८ मिलन चौकमा २ सय ५ मिटर, लेटाङ्ग नगरपालिका वडा नं. १ मलामी खाजा घर निर १ सय मिटर, वडा नं. २ मा २ सय ५० मिटर क्षति भएको छ । त्यसैगरी कानेपोखरी गाउँपालिका वडा नं. १ चिसाङ्ग बस्तीमा १ सय ८० मिटर, रंगेली नगरपालिका वडा नं. ३ काजीमान चौकमा ७ सय मिटर लगायत १३ ठाउँ गरी जम्मा ४ किलो मिटर बाढीले क्षति भएको छ ।
कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना मोरंग अन्तर्गत बक्राहा, डायस, चिसाङ्ग, लोहन्द्रा र सप्तकोशी रहेको छ जसमध्ये सप्तकोशी नदीको व्यवस्थापन भारत सरकारले गर्ने भएकोले हामी सहमती मात्र दिन्छौ सवैकाम भारत सरकारले गर्दछ । अन्य नदीहरुको व्यवस्थापन यस कार्यालयले गर्दै आएको आयोजना प्रमुख श्रेष्ठले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]