विराटनगर, कार्तिक १६ गते । न्यूरो सर्जरीमा नाम कमाएका डा.पंकज नेपाल अस्पतालका प्रबन्धक निर्देशक र डा.अर्जना चौधरी अध्यक्ष तथा अस्पताल व्यवस्थापनमा अनुभव प्राप्त दिनेश ठाकुरको टिमले बिरामी मैत्री आर्या न्यूरो हस्पिल संचालनमा ल्याएको छ ।
विराटनगर महानगर पालिका वडा नं. ३ विराटनगर–धरान सडक खण्डको कन्चनवारी चौकमै प्रदेश सरकारको सम्बन्धनमा २५ शैयाको हस्पिटल बुधवार देखि संचालनमा ल्याएको हो ।
उक्त अस्पतलामा न्यूरो, हार्ड जोर्नी, नाक कान घाँटी, दन्त रोग, जेनरल तथा ल्यापरोस्कोपिक सर्जरी, फिजिसियन, फिजिओथेरापी, आई सि यू तथा भेन्टिलेटर, सिटि स्कान, एम आर आई लगायतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने छ ।
अस्पतालले दिईने सम्पूर्ण सेवाको बारेमा अस्पताल प्रशासनले छुटै निर्देशिका तयार गरेको छ जुन अन्यन्त बिरामी मैत्री छ । बिरामीको उपचार गर्दा उक्त निर्देशिका अनुसार नै उपचार गर्नुपर्ने हुन्छ जसलाई मेडिकल भाषामा ‘स्टेन्डर ट्रीटमेन्ट प्रोटोकल’ भनिन्छ । यस प्रणाली अुनसार उपचार गरेमा कुनै पनि बिरामी अनाबश्यक आर्थिक भार तथा झन्झट बच्न सकिने सकिने व्यवस्थापक ठाकुरले पत्रकार सम्मेलनमा बताए ।
डा.उपेन्द्र देवकोटासँगै काम गरेर अनुभव प्राप्त गरेका डाक्टर नेपालले आफ्नै लगानीमा न्यूरो अस्पताल संचालनमा ल्याएपछि विरामीलाई कम खर्च गराएर बढी सेवा दिने लक्ष्य लिएका वहांको भनाई थियो ।
बिराटनगर महानगर पालिका वडा नं. १० तीनटोलियामा जन्मिनु भएका डाक्टर नेपाल नेपालबाट उच्च शिक्षा हासिल गरी विदेशमा रही चिकित्सकीय शिक्षा पुरागरी पूर्वको बि एण्ड सी अस्पतालमा न्यूरो चिफ, निमित्त हस्पिटल डाईरेक्टरको भूमिका निर्वाह गरिसकेको छ ।
सो अस्पतलामा निकट भविष्यमा स्वास्थ्य विमा कार्यक्रम र विपत्तत्र नागरिकका लागि रु १ लाख सम्मको निःशुल्क उपचार सेवा समेत संचालनमा ल्याउने भएको छ भने कुनै पनि नेपाली नागरिक स्वास्थ्य सेवावाट बन्चित हुनु नपरोस भन्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत १० प्रशितश सैया असाहयका लागि छुट्याएको ठाकुरले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]