सुनसरी, कार्तिक १४ गते । श्रीमतिलाई बलात्कार गरेको आरोपमा श्रीमानेलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार पहिलो श्रीमतिलाई इच्छाबिपरित जबजस्ती करणी बलत्कार गरेका धरान उपमहनगर पालिका वार्ड नं. १५ बरगाछि मिलन चोक बस्ने काठ ब्यबसायीलाई इलाका प्रहरी कार्यालय धरानले प्रकाउ गरेको हो ।
गत बिहीबार धरान उपमहानगर पालिका वडा नं. १५ बरगाछि पूर्व मिलन चोक स्थित पहिलो श्रीमतिलाई लक्षार पछार गरी ५२ वर्षिय भोजराज थापा (फडिन्द्र) क्षेत्रीले बलत्कार गरेको हुनाले घटना स्थलबाट थापालाई प्रकाउ गरी नियन्त्रणमा लिएको इलका प्रहरी कार्यालय धरानका नायब उपरिक्षक नगेन्द्र कुवँरले जानकारी दिएको छ ।
किटानी जाहेरी पछि सुनसरी जिल्ल अदालतबाट म्याद थप गरी अनुसन्धान समेत जारी राखिएको उपरिक्षक कुवँरले बताए । दोस्री श्रीमतिको घरमा ज्वाईघर भएर ससुरालीमा नै बसेर ससुरालीले बनाएको घर, सम्पति तथा फर्निचर हाउस समेत कुमल्यादै अर्की श्रीमति ल्याउने तयारीमा रहेकोले यस्ता अपाराधीलाई कडा भन्दा कडा सजाय हुनु पर्ने महिला सहयोगी सन्जालकी सदस्या सीता राईको भनाई छ ।
छोरा छोरीहरु अर्को कोठामा सुतिरहेको अबस्थामा यो घटना भएको छ । जब आबाज आयो अनि आएर हेर्दा त भिनाजुले दिदीलाई लडाएको, कपडा च्यातिएको र भिनाजुको सर्ट खोलेको अबस्था र पेन्टको चेन समेत नलाएको अबस्था देखियो र के गरेको भन्दा तँ भतुँईलाई मार्छु भनेर चक्कु बोकेर मार्ने उदेश्यले आएको भएपनि हल्ला गरेर जोगाउन सफल भएको सम्झाना कार्कीले वताईन ।
घटनाको प्रकृति अनुसार र प्रहरीले गरेको स्थलगत मुछुल्काबाट पनि जबजस्ती करणी गरेको देखिन्छ । पिडित महिलाले लगाएको भित्री बस्त्र च्यातिएको, यौनाङमा चोटपटक लागेको, बाहिरी कपडा सुरुवाल समेत च्यातिएको हुदा पिडित महिलाले आफनो रक्षाका लागि बल प्रयोग गरेको समेत देखिएको छ । आबश्यक प्रमाण कपडा समेत बरामत गरिएको प्रहरीले जनाएको छ । पिडित महिलाको स्वास्थ्य परिक्षण समेत गरिएको छ । राजकाष्ठ फर्निचर सन्चालन गरेका फडिन्द्र थापाले पैसाको बलले जे पनि गर्छु भन्दै पिडित महिलालाई पटक पटक यातना समेत दिएको महिला सहयोगी समुहकी अध्यक्ष बिमल मल्ल ठकुरीले बताईन् । बलत्कारी थापाले बाहिरी केटी राखेर डिभोर्स समेत छलफल कपटबाट गराई अन्याय गरेको हुनाले हामी ति पिडित महिलाको तर्फबाट न्याय दिलाउन लागि परेको बताउनु भयो । प्रहरीले यस्ता जघन्य घटनालाई कमजोरी मिसील नबाउन समेत आग्रह गरेका छौ तसर्थ ५० बर्ष पुगेकी १ जना छोरी र २ छोरा छोराको सन्तान भएकी पिडित महिलालाई घरबार बिहिन बनाएको हुनाले प्रसाशन र जनप्रतिनिधीहरुलाई उनको जिउने बाच्ने अधिकारलाई सुनिश्चित गरिदिनु आग्रह समेत गरेको छ ।
पहिलो श्रीमति समेतलाई दुःख दिएर दोस्रो श्रीमतिलाई बसिरहेको घरबाट निकालेर अर्कि हुनेवाला श्रीमति भित्राउने तयारीमा रहेको महिला समुहको ठहर छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]