बिराटनगर, कार्तिक ८ गते । बिराटनगर महानगर पालिका वडा नं. ८ विराट बृद्ध आश्रम छेउमा ऐलानी जग्गामा घरबनाई बस्ने उषा भूजेल पासवनकी श्रीमान् शिवहरी पासवान र कटहरी गाउँपालिका वडा नं. २ आर्दश टोल बस्ने उमेश कुमार मलहाको श्रीमति गिता देवी मलहा संगै भागेपछि दुवै विचल्लीमा परेका छन् ।
भुजेल पासवानले श्रीमान् भदौ १४ गते देखि वेपत्ता भएको सोही दिन देखि खोजतलास गर्दा समेत फेला नपरेपछि भदौ १४ गते जिल्ला प्रहरी कार्यालय मोरगमा श्रीमानलाई खोजतलास गरी दिन भदौ १७ गते दर्ता नं. ६८ भएको उजुरी दर्ता गराएको थियो ।
उजुरी दर्ता गराएको डेढ महिना वित्ति सक्दा पनि प्रहरीले खोजतला गर्न आलटाल गरेको भन्दै भुजेल पासवान र मलहा दुवैले गुनासो पोखेका छन् ।
शिवहरी पासववानले ९ वर्षको छोरा र गिता मलाहले २ वटा नानीहरु लिएरसंगै भागेको र दवै जना एउटै ओछ्यानमा बसेको फोटो र नानीहरुको फोटो समेत मेसेन्जर मार्फत पठाई रहेको सो देखाउँदा पनि प्रहरीले खोजतला गर्न नसकेको गुनासो गर्दै दुवैलाई पक्राउ गरी बहुविवाहमा मुद्दा चलाई कारवाही समेत गरी दिन दुबैले आग्रह समेत गरेका छन् ।
भुजेल पासवानले ११ वर्ष पहिले महेन्द माध्यमिक विद्यालयमा पढ्दा खेरी शिवहरी पासवान संग प्रेम विवाह गरेका थिए । विवाह पश्चात श्रीमान्लाई विएड सम्मको अध्यय समेत गराएका थिए । शिवहरी पासवानले कटहरी चौकमा तराई फर्निचर खोलिएको थियो ।
कटहरी चौकमै उमेश कुमार मलहाले अंश फर्निचर शो रुम संचालन गरेका थिए । साही सो रुममा श्रीमति गिता देवी मलहा र शिव हरी पासवनको सम्बन्ध गासिएको हुन सक्ने भूजेल पासवानको भनाई थियो । भूजेल पासवान अहिले ९ महिनाको गर्भवत्ती रहेकी छिन् ।
उमेश कुमार मलहाले भने जातीय परम्पार अनुसार नै विवाह गरेको थिए । दुई सन्तान समेत रहेका छन् । सन्तान समेत लिएर वेपत्ता भएपछि पत्नी र सन्तान समेतलाई खोजतला समेत गरी दिन प्रहरीमा उजुरी दिएको तर कुनै कारवाही नभएको उमेशले गुनासो गरेको छ ।
शिवहरी पासवानले जीवन विकास लघुवित्त लगायतका संस्था र व्यक्तिहरु संघ ७÷८ लाखको ऋण लिएर वेपत्ता भएपछि भुजेल पासवान झन अप्ठ्यारोमा परेको त्यसमा पनि ९ महिनाका गर्भवत्ती भएकोले जीवन आपनमा समेत कठिनाई भई रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]