बोनम्यारो पिडित छोरोको उपचारको लागि आर्थिक सहयोग गर्न आग्रह
विराटनगर, असोज ३ गते । दुहवी नगरपालिका वडा नं. ८ सुनसरी निवासी गंगाबहादुर बुढाथोकीको परिवारले बोनम्यारो पिडित छोरोको उपचारको लागि मनकारी हातहरुलाई आर्थिक सहयोग गरी दिन आग्रह गरेकोछ ।
नेपाल पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गरी मेरो छोरा जनकबहादुर बुढाथोकीलाई इटहरी, विराटनगरको कोशी अस्पताल र नोवेल अस्पतालमा उपचार गराएको मा परिक्षणवाट पहिलो स्टेजको बोनम्यारो क्यानसर देखिएकोले हाल भारतको दिल्ली स्थित राजीवगान्धी अस्पतालमा उपचारको क्रममा रहेको सो उपचारको लागि करी ३०÷४० लाख खर्च लाग्ने भएकोले सो खर्चको लागि स्थानीय, प्रदेश र संघिय सरकार लगायत मनकारी हातहरुलाई सहयोग गर्न आग्रह गरेको हो ।
आर्थिक अवस्था कम्जोर रहेको बुढाथोकी वाबु छोरा हरिहन्त मल्टिफाइवर कम्पनीमा काम गरी गुजारा चलाई रहेको थियो । छोरोको स्वास्थ्य विमा गराएको हुँदा नेपालमा औषधी उपचारको लागि ३०÷४० हजार मात्र खर्च भएको वहांको भनाई छ ।
त्यो भन्दा वढी खर्च गर्ने हामी संग कुनै स्रोत साधन नभएकोले छोराको जीवन बचाउनको लागि देश विदेशमा रहेका मनकारी दाजु भईहरुले कृषि विकास बैक दुहवी शाखाका खता नं.०६०२८००८२९४४८०१४ जम्मा गरी सहयोग गरी दिन आग्रह गरेको छ । बोनम्यारो पिडित जनक वहादुरको श्रीमति र १ छोरी समेत रहेको छ

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]