विराटनगर, भदौ ११ गते । लायन्स क्लवको सहयोगमा मोतियानविन्दुको निशुल्क शाल्यक्रिया भएको छ ।
गढी गाउँपालिका वडा नम्बर २ मा लायन्सको समूहले निःशुल्क आँखा शिविरमा संचालन गरेकोमा सो शिविरमा ३ सय ४९ जना जनाका आँखा परीक्षण गराएको थियो । सो मध्ये २४ जनामा मोतियाबिन्दु देखिएकाले तिनीहरुको । निःशुल्क शल्यक्रिया गराई दिएका हुन् ।
रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग र गढी गाउँपालिकाको सहकार्यमा शिविर गरिएको लायन्स क्लवका जोन चेयरपर्सन घनश्याम पोखरेलले जानकारी दिएको छ ।
सो अवसरमा महिलाको महिनावारी समस्या सम्बन्धी सचेतना, वातावरणीय सचेतना, मास्क वितरण, प्रेसर चेकल गायत सामाजिक कार्यहरु गरेको उनको भनाई छ । ।
उक्त कार्यक्रमहरु लायन्स क्लव ३२५ ए वान अन्तर्गत जोन ३६ बाट विराटनगर हलेंसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लव लगायतको आयोजनामा सुनसरीको गढी गाउँपालिकामा आँखा शिविर सम्पन्न गरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]