बिराटनगर, भदौं ११ गते । विश्व स्वास्थ्य संगठन नेपालले कोशी अस्पताल विराटनगरलाई अक्सिजन लगिायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
विराटनगर स्थित कोशी अस्पतालमा पुगेर विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डाक्टर विनोद गुप्ताको नेतृत्वमा गएको टोलीले एक कार्यक्रमको आयोजना गरी कन्सथ्रैटर मेसीन, स्र्पा भेन्सचुरी मास्क, एडल्ट र प्याडाट्रीक लगायतका सामग्री अस्पतालाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामग्रीहरुे मुख्य कार्यालयको सहयोगमा हस्तान्तरण गरिएको हस्तान्तरण गरिएको डाक्टर गुप्ता वताए । अस्पतालले सहजरुपमा स्वास्थ्य सामग्रीहरु गरी ग्रहण गरेकोमा अस्पताल परिवारलाई डाक्टर गुप्ताले धन्यवाद दिएका थिए ।
कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले विश्व स्वास्थ्य संगठन नेपालल अस्पतलालाई स्वास्थ्य सामग्री प्रदान गरी सहयोग गरेकोमा विश्वा स्वास्थ्य संगठनलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालमा विरामीको चाप पढेको बेला संगठनले मेसिन सहयोग जुटाई दिएर सराहनीय काम गरेको वताए ।
विश्व स्वास्थ्य संगठन नेपालले अक्सिजन कन्सथ्रैटर मेसीन १५ थान, स्र्पा १५ थान, भेन्सचुरी मास्क १ सय ८० थान, एडल्ट र प्याडाट्रीक लगायतका सामग्री अस्पताललई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासले समेत विश्व स्वास्थ्य संगठनलाई धन्यवाद दिएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]