सुनसरी, भदौ–८ गते । ब्राउन सुगर कारोवारमा पक्राउ परेका एक जनाको बयानका आधारमा अर्को ब्राउन सुगर कारोवारी पक्राउ परको छ ।
सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका वडा नं. ८ शुक्रवारेबाट ७ गते थप १ जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादव रहेको छ ।
भदौ ६ गते ब्राउन सुगर सहित पक्राउ परेका मानिसहरुले दिएको सुचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम सहित पक्राउ गरेको हो । यादवले प्रयोग गरेको बीआर ५० के ०३८६ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका यादव सोधपुछ गर्दा यस अघीनै पक्राउ परेका पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनि खुलाई दिए पश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]