बिराटनगर, भदौ ७ गते । नेपालमा पहिलो पटक सेमिको पानी शुद्ध पार्ने वाटर प्युरिफायर ५० प्रतिशत पहिलो भुक्तानीमा नै नेपाली ग्राहकले घर लान पाउने भएको छ ।
हाजी इलेक्ट्रोनिकसका प्रवन्ध निर्देशक खुर्शिद आलमले पत्रकार सम्मेलन गरी पानी शुद्ध पार्ने सेमि कम्पिनीको वाटर प्युरिफायरको बारेमा जानकारी गराएका थिए ।
हरेक नेपालीको घरमा शुद्ध पानी भन्ने नाराका साथ नेपाली बजारमा पहिलो पटक आएको वाटर प्युरिफायर ग्राहकले पहिलो पटक ५० प्रतिशत जम्मा गरी लान सकिन्छ । त्यस पश्चात वांकी रकम प्रत्येक महिनामा १ हजार बुझाउनु पर्ने सुविधा दिएका छ । वाटर प्युरिफायरको बजार मुल्य २४ हजार रहको छ ।
वाटर प्युरिफायर ग्राहकले खरिद गरे पश्चात अन्य ग्राहकलार्य रिफर गरेका हरेक रिफरल मा ५ सय समेत छुट हनेछ । वार्षिक २ हजार ५ सय अतिरिक्त शुल्क तिर्दा कम्पनिले जति पटक प्युरिफायर बिग्रे पनि बनाई दिने नौलो सुविधा समेत दिने आलमले बताए ।
त्यसैगरी हरेक महिना डाउन पेमेन्टको पैसा भुक्तानी घरमेै बसेर दिन सकिने र कम्पनीको व्यक्ती घरमा आउँदा सर्भिसिङ्ग का साथै सुझाव समेत संकलन गर्ने छ । प्युरिफायरको विक्री वितरण पूर्ण रुपमा एप्स तथा वेबबाट हुने भएकोले ग्राहकले चौविसै घण्टा सुविधा प्राप्त गर्न सकिने आलमको दावी छ ।
वाटर प्युरिफायर विराटनगरको मेन रोडमा रेको हाजी इेक्ट्रोनिकसमा समेत यी सुविधाहरु ग्राहकले प्राप्त गर्न सकिने छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]