बिराटनगर, भदौ ७ गते । एक दम्पतीले ८ महिनाको छोरी सहित झुण्डिएर आत्म हत्या गरेका छन् ।
प्रदेश नं. १ झापा जिल्लाको कन्काइ नगरपालिका वडा नं. १ बस्ने मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।
मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन,’ एसपी भट्टराईले भने ।
घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान हुने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]