बिराटनगर, भदौ ५ गते । दाँतको उपचार गर्ने चिकित्सहरुको संस्था नेपाल डेन्टल एसोसिएसन मोरंगमा भएको निर्वाचणमा गोलाप्रथावाट डाक्टर प्रेक्षादली अध्यक्ष पदमा निर्वाचित भएको छ ।
शनिवार विराटनगरमा सम्पन्न भएको निर्वाचनमा डाक्टर प्रेक्षा दली र उनकी प्रतिस्पर्धी डाक्टर नुतन नौलाखेले २४÷२४ मत ल्याएकी ल्याएपछि निर्वाचन समितिले गोला प्रथावाट निर्णय गरेपछि गोलाप्रथावाट दली निर्वाचित भएको हो ।
एसोसिएसनमा ५० जना सदस्य भएपनि ४८ जनाले मत हालेको थियो । दुई जना सदस्य डाक्टरहरु अनुपस्थित रहेको थियो ।
दुई वर्ष कार्यकालको लागि नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा दली निर्वाचित भएकी हुन् । यसअघि सर्वसम्मतबाट एसोसिएसनको नयाँ नेतृत्व चयन हँुदै आएको थियो ।
एशोसिएसनको अन्य पदमा सर्वसम्मत रूपमा पदाधिकारी र कार्यसमिति चयन भएपनि अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अहिलेसम्मको इतिहासमा नेपाल डेन्टल एसोसिएसन मोरङमा निर्वाचन पद्धतिबाट अध्यक्ष निर्वाचन गरेको पहिलो पटक हो ।
त्यसैगरी एसोसिएसनको उपाध्यक्षमा डा. बिवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा डा. प्राचि भगत, डा. निलेश कुमार देव, डा. अमिन कुमार सिंह र डा. आदित्य साह पनि सर्वसम्म रूपमा चयन भएका छन् । नेपाल डेन्टल एसोसिएसन मोरङको नवनिर्वाचित अध्यक्ष डा. प्रेक्षा दलीले सबै
डेन्टल चिकित्सकहरूलाई समेटर अगाडि बढ्ने बताइन् । उनले नयाँ सदस्य विस्तार गर्दै चिकित्सकहरूको हकहितमा आफू लाग्ने वहांको भनाई थियो । ‘लामो इतिहास बोकेको नेपाल डेन्टल एसोसिएसन रहेको छ । अहिलेसम्म समाजमा परिचित हुन सकेको
छैन,’ डा. प्रेक्षाले भनिन्, ‘नेतृत्वमा आएको छु । सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा लाग्ने प्रतिवद्धता जनाएका थिईन ।
डेन्टल चिकित्सकहरुको लागि सचेतना अभियान पनि संचालन गर्ने, ‘अहिले पनि डेन्टलमा आएका जुनियर डाक्टरहरुलाइ एसोसिएसनमा ल्याउन पहल, ‘नयाँ पुस्ताका डाक्टरहरूलाई पनि मोटिभेट लगायका कार्यक्रमहरु संचालन गर्ने अध्यक्ष दलीको योजना छ । डा.दली यसअघि कोषाध्यक्ष पदमा रहँदा राम्रो काम भएको डेन्टल चिकित्सकहरुका भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]